भैरहवा- कोभिड महामारीले थला परेका होटल तथा पर्यटन व्यवसायी विस्तारै जुरमुराइरहेका छन। सञ्चालन भइसकेका र निर्माणका क्रममा रहेका होटलहरु अहिले सहज परिस्थिती हँुदै गर्दा पुरानै लयमा फर्किन लागेका छन। पछिल्लो समय रुपन्देहीमा पनि होटल तथा रेष्टुरेन्ट खुल्ने क्रमले तिव्रता पाएको छ।
फरक विशेषता सहित ग्राहकहरुलाई तान्न होटल खुल्ने क्रमसँगै भैरहवा–बुटवलको केन्द्र विन्दु भलवारीमा होटल हिडन प्यालेस प्रा.लि बिहीबार देखि सञ्चालनमा आएको छ।भारतिय पर्यटक र अन्तराष्ट्रिय विमानस्थललाई मध्यनजर गरी रुपन्देहीको तिलोत्तमा ७, भलवारीमा १७ करोडको लगानीमा हल, रेष्टुरेन्ट सहितको होटल सञ्चालनमा आएको हो।
स्थानीय खनाल परिवारको लगानीमा निर्माण भएको होटलमा ३४ वटा सुविधा सम्पन्न कोठा रहेका छन्। जसमा २ वटा डिलक्स जुनियर स्वीट, ९ वटा क्वीन वेड र २३ वटा सुविधासम्पन्न टुवीन वेड रहने होटलका सञ्चालक तथा कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए। ‘अल डे डाइनिङ रेष्टुरेन्ट, सेमिनार हल, ३६० भ्यु बार हाउस डोम, व्याङक्वीट हल, स्वीमिङ पुल, बेकरी सहितको सुविधा दिने छौ’ उनले भने ‘केही निर्माण सम्पन्न छन भने केही निर्माणको पक्रियामा छ।’
नेपाली नयाँ वर्षसँगै सेवाग्राहीलाई थप नौलोपन दिन हेल्थ क्लब, जिम हाउस, फनपार्क, लगायतका संरचना निर्माण गरिने खनालले बताए। हाललाई ३७ जनालाई प्रत्यक्ष रोजगार दिए पनि होटल फुलफेजमा सञ्चालन आएसँगै सय बढिले प्रत्यक्ष रोजगारी पाउने साथै स्थानीय र नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रालिका प्रबन्ध निर्देशक आभुषण खनालले बताए।
‘अहिलेको लागि हामीले सफ्ट ओपनिङ गरेका छौ केही पूर्वाधारहरु अझै निर्माणकै क्रममा रहेकाले वैशाख १ गते ग्राण्ड ओपनिङ गर्ने योजना रहेको छ।’ उनले भने ‘सफ्ट ओपनिङसँगै म्युजिक नाइट, भेलेनटाइन डे लक्षित कार्यक्रमहरु ६ गते सम्मका लागि विशेष छुटका साथ लयएका छौ।’ ५ तारे होटल स्तरकै विशेषताका साथ रुममा १५ प्रतिशत र खाना तथा वेभरेजमा २० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक खनालले बताए।
बुटवल भैरहवा भन्दा भलवारी केही ओझेलमा परेकाले आफ्नो ठाउको विकास गर्न परिवारहरुको सहयोगमा होटल सञ्चालनमा ल्याएको होटल हिड्न प्यालेस प्रालीकी अध्यक्ष अन्जु आचार्य खनालले बताइन्।