बुटवल- बुटवल उद्योग वाणिज्य संघको २४ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदान सकिएको छ। संघको सचिवालय बालमन्दिर परिसरमा मतदान भएको हो।
संघमा १ हजार ६ सय १३ सदस्य मतदाता रहेकोमा ११७४ जनाले मतदान गरेका छन्। बेलुका साढे ७ बजेदेखि मतगणना शुरु हुने उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार कविन्द्र नेपालले जानकारी दिए।
अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु र वाणिज्य उपाध्यक्ष हरि अर्याल मैदानमा छन्। अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र केही सदस्य पदको लागि मतदान भएको हो।
बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, एशोसिएट सदस्य र उद्योग सदस्य र बाणिज्य सदस्यमा यस अघि नै एक उमेद्वारी परेकाले निरविरोध भएको छ।
निर्वाचनको नतिजा मध्यरातसम्ममा आउने निर्वाचन समितिले जनाएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७, १८:०४:००