बुटवल-बुटवल उद्योग वाणिज्य संघ बुटवलको आगामी नेतृत्वका लागि भएको मतगणनामा अध्यक्षका उमेदवार उज्ज्वल कसजुले अग्रता लिएका छन् । १ सय मत गणना गर्दा कसजुले ५७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरि अर्यालले ४२ मत पाएका छन्।
११७४ मत खसेकोमा बेलुकादेखि मतगणना शुरु भएको हो। मतगणनाको अन्तिम नतिजा मध्यरातसम्म घोषणा हुने निर्वाचन समितिका सदस्य विक्रम खड्काले जानकारी दिए।
संघको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा विमलराज भट्टराई निर्विरोध निर्वाचित गरिसकेको छ।
सचिव पदमा ३ जनाको उमेदवारी परेको थियो। मुक्ति अधिकारी, बाबुराम बिक र सुर्य पराजुलीको बिचमा सचिवका लागि मतदान भएको थियो भने कोषाध्यक्ष पदका लागि नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन्।
यस्तै एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा पनि निर्विरोध भएका छन्। ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध भए। त्यस्तै ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध भए।
खुल्ला सदस्यतर्फका ७ सदस्य पदमा १३ जनाको उम्मेदवारी परेका कारण मतदान भएको थियो। खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपक प्रसाद चापागाई, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोहम्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको थियो।
त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेसँगै महिला सदस्य पदको लागि पनि मतदान भएको छ। महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला बेलवासे र सुनिता शर्मा बञ्जाडेको उमेदवारी परेको थियो।