भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि भएको मतदानबाट ४ जना नयाँ अनुहारका सदस्यले इन्ट्री गरेका छन । संघको नेतृत्वका लागि उद्योग तर्फ रचना क्षेत्री, हरि बहादुर थापा र वाणिज्य तर्फ प्रमोद रिजाल, अभिनव मयुर कसौधन नयाँ अनुहारको रुपमा कार्यसमितिमा प्रवेश गरेका हुन् ।
नयाँ नेतृत्व चयनका शनिबार भएको मतदानबाट खुल्ला वाणिज्य सदस्य तर्फ संजय कुमार वेरिवालले सार्वधिक १०६० मत, त्यस्तै प्रितम रौनियारले १०५८, प्रमोद रिजालले १०४६, अर्जुन कार्की १०२५, धर्मवीर शर्माले १००७ , कमल मरासिनीले ९४९ , गोपाल भण्डारीले ८६४, गौरव श्रेष्ठले ८४०, अभिनव मयुर कसौधनले ८३७, हरिश सेठियाले ८३५ मत ल्याई विजयी भएका छन् ।
त्यस्तै उद्योग खुल्ला सदस्य तर्फ मंगल भण्डारीले सार्वधिक १२८८ मत ल्याई विजयी भएका छन् । यसैगरी रमेश घिमिरेले ९५०, रचना क्षेत्रीले ८०८, भुवन कुमार कान्दु ७५१ र हरि बहादुर थापाले ७३९ मत ल्याई निर्वाचित भएका छन् ।
यस्तै उद्योग महिला सदस्य तर्फ पल्लवी न्यौपानेले सार्वधिक ६५१ मत ल्याई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए ।
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको, एक महिला उद्योग सदस्य तर्फ ४ जना र उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका थिए । २८ पद बाट नयाँ नेतृत्व चयनका लागि हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने अध्यक्ष पदमा, बाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, महासचिव नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, उद्योग उपाध्यक्ष अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, कोषाध्यक्ष दिलीप कान्दु उद्योग उपाध्यक्षमा, सचिव विजय पाण्डे महासचिवमा, हालका मनोनित सदस्य दिपेन्द्र प्रधान सचिव पदमा र कोषाध्यक्ष पदका लागि अहिलेका कार्य समिति सदस्य गोबिन्द ज्ञवाली , महिला वाणिज्य सदस्यमा हालका कार्यसमिति सदस्य यमकला न्यौपाने, २ पद एशोसियट सदस्यका लागि रोहित अग्रवाल र विकास गोयन्का र बस्तुगत तर्फ कृष्ण प्रसाद घिमिरे सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्य तर्फ हालका कार्यसमिति सदस्य गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, सुरेन्द्र उपाध्याय पराजित भएका छन् ।