बुटवल- पश्चिम नेपाल बस व्यवसायी प्रालीको नयाँ नेतृत्वको लागि अहिले मतदान भइरहेको छ। विहान ९ बजेबाट हाटबजारलाइन स्थित कान्ति माविको प्राङगणमा सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ।
प्रा.लि. मा २ हजार ३ सय ९७ जना मतदाता रहेका छन्। मतदानबाट पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का ११ जना सञ्चालकहरु निर्वाचित हुने छन्। नयाँ नेतृत्वको लागि बर्तमान अध्यक्ष दधि खरेल र प्रबन्ध सञ्चालक पदमराज गाहाको प्यान चुनावी मैदानमा उत्रिएको छ।