काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।