काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ। आइतबार मध्येरातिदेखी लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाको दरले मूल्य बढेको निगमले जनाएको छ।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्ने छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ। मूल्य समायोजन पछि पनि पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने निगमको दाबी छ ।