सरकारले पूर्वपश्चिम राजमार्गलाई तीव्ररुपमा ४ लेनमा विस्तार गर्ने भएको। त्यसका लागि १५ अर्व विनियोजन गरिएको छ।
पुष्पलाल राजमार्गलाई ४ लेनमा विस्तार गरिने भएको छ। राजमार्गको दुरी घटाउन सुरुङमार्ग हाईब्रिजको प्रयोग गरिने छ।
त्यसको लागि ८ अर्व १३ करोड बजेट विनियोजन गरिएको छ। मदन भण्डारी मार्गका लागि ३ अर्व २० करोड बजेट विनियोजन गरिएको छ।
हुलाकी राजमार्ग निर्माण ६ अर्व ३९ करोड विनियोजन गरिएको छ। आबुखैरेनी पोखरा खण्ड चार लेनमा विस्तार गर्न ७ अर्व २७ करोड विनियोजन गरिएको छ।
काठमाडौं–तराई द्रुतमार्ग आगामी वर्ष सुचारु गर्न ८ अर्व १५ करोड विनियोजन गरिएको छ। शिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लाइनमा विस्तार गर्नको लागि ७ अर्व विनियोजन गरिएको छ।
पृथ्वी राजमार्गको लागि ७ अर्व २७ करोड विनियोजन गरिएको छ। अरनीको राजमार्गको लागि १ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ। उत्तर दक्षिण करिडोरलाई तीव्रता दिइने छ।