काठमाडौं। सरकारले वियर, ह्विस्की र वाइनमा अन्त:शुल्क ह्वातै बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यी वस्तुको अन्त:शुल्क बढाएका हुन्।
बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्याएको छ। बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्याइएको छ।
१५ युपीको मदिराको अन्त:शुल्क १५ सय ९२ रुपैयाँ पुर्याइएको छ। २५ युपीको मदिरा लिटरमा ९ सय ९० रुपैयाँ लिँदै आएकोमा १ हजार १ सय १८ रुपैयाँ अन्त:शुल्क पुर्याइएको छ।
३० युपीको मदिरा ९२० रुपैयाँ अन्त:शुल्क लिइएकोमा १ हजार १ सय ५ रुपैयाँ पुर्याइएको छ। अन्य मदिरामा १ हजार ३ सय २५ रुपैयाँ लिटर अन्त:शुल्क १ हजार ५ सय ९२ रुपैयाँ पुर्याइएको छ।
अब वियर बोतलको ५० रुपैयाँ बढ्नेछ। वल्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सनको मूल्य लिटरमा ४ सय रुपैयाँ बढ्नेछ। रुस्लान भोड्का र ८८४८ लिटरमा ३ सय रुपैयाँ बढ्ने अनुमान गरिएको छ।