लुम्बिनी -संघिय सरकारको कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच ५ बुदे समझदारी भएकाे छ। संघिय मन्त्री घनश्याम भुसाल र प्रदेश मन्त्रीबीच भएकाे छलफलले उक्त समझदारी कायम गरेकाे हाे।
कृषि मन्त्री घनश्याम भुसालले सात वटै प्रदेशका कृषिमन्त्रीसँग नेपालकाे कृषि क्षेत्रमा दीर्घकालिन विकासकाे लागि प्रदेशका विभागिय मन्त्रीहरुसँग सुझाब लिन दुई दिने बैठक आयोजना गरेका थिए। बैठकले नेपालकाे कृषिकाे विकासकाेलागि ५ बुदें समझदारी कायम गरेकाे बताईएकाे छ ।
बैठकले कृषि क्षेत्रको विकासकाे लागि संघिय र प्रादेशिक मन्त्रालयबिच याेजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढंगले गरिने पहिलाे समझदारी कायम गरेकाे छ। यसैगरि समझदारीकाे दाेस्राे बुँदामा कृषि बिकासका याेजना र कार्यक्रम कार्यन्वयनमा आवश्यक सहकार्य गर्ने, तेस्राे बुँदामा कृषि क्षेत्रकाे संरक्षण र बिकासका लागि तिनै तहका सरकारबाट प्रदान गरिने सेवा सुविधा, स्राेत परिचालनमा एकरुपता कायम गरिने, चाैथाे बुँदामा कृषि नीति, याेजना र कार्यक्रम तर्जुमा तथा कार्यन्वयनमा संघ र प्रदेश सरकारबीच मन्त्री र सचिब स्तरिय संयन्त्र बनाउने, पाचाै बुदामा तीनै तहका सरकारबीच समन्वय र,सहकार्य गर्न छिटै स्थानिय तहसँग पनि समन्वय बैठक गर्ने समझदारी भएकाे छ।
मन्त्री भुसालले संघ-प्रदेश-स्थानीय तहबीच समन्वय गरेर कृषिकाे विकासका आगामी याेजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरुसंग सुझाब लिएका हुन्। मन्त्री भुसालले कृषि प्रधान मुलुक भनेर परिचित नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेगरी कृषिकाे याेजना अगाडि सार्ने रणनीति बनाएकाे बताईएकाे छ। राष्ट्रिय पूँजीकाे विकासमा याेगदान दिने हिसाबले तिनै तहका सरकारबिच आवश्यक सहकार्य तथा समन्वय गरेर निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउनेगरि कृषि मन्त्रालयले याेजना बनाईरहेकाे छ।
मन्त्री भुसालले कृषिमा युवा पुस्तालाई प्रत्यक्ष संलग्न गराएर नेपालका बाँझा बारी र खेतलाई हराभरा गराउने बिषयमा पनि याेजना बनाएका हुन् ।
बैठकमा सात वटै प्रदेशबाट सहभागी भएका कृषि मन्त्रीहरुले आ-आफ्नाे प्रदेश सरकारले कृषि क्षेत्रकाे सम्बन्धमा लिएकाे नीति, कार्यक्रम, याेजना र बजेट समबन्धमा जानकारी गराएका थिए।
बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीहरु प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, वागमती प्रदेशका दावा दाेर्जे लामा, गण्डकी प्रदेशका लेखबहाुर थापा, प्रदेश ५ का आरती पाैडेल, कर्णाली प्रदेशका बिनितादेवी चाैधरी र सुदुरपश्चिम प्रदेशमा बिमला केसीकाे सहभागिता थियो।-राससको सहयोगमा