बुटवल-लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले कोभिड १९ विरुद्ध खटिनका लागि सरकारले बजेटलाई प्राथमिकता दिएको बताएका छन्।
उनले प्रदेश सभामा बजेट पेश गर्दै कोभिडको समयमा कोभिडलाई नै प्राथमिकता दिएको बताए।
उनले भने-सडक बाटो बनाउँदै गरौंला, अरु विकासका काम गर्दै गरौंला, पहिले स्वास्थ्य उपचारलाई ठीक बनाउँ, पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेका छौं ।'
उनले कोभिड १९ संक्रमितको उपचारका लागि सरकारले सबै उपाय अपनाएको बताए।