बुटवल - लुम्बिनी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विध्येकमा छलफल सुरु भएको हो । यस अघि आइतबार राजस्व र व्ययको अनुमान माथिको सामान्य छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले यो विधयेक प्रदेश सभामा पेश गरेका थिए ।
यस अन्तर्गत सबै मन्त्रालयका विभिन्न शिर्षकमा प्रदेश सभामा छलफल सुरु भएको हो । आज र भोली बजेट माथि छलफल हुने र असार ३० गते बुधबार सम्बन्धित उठेका प्रश्नको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिने तय भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गरेपछि २७ दिनपछि आइतबार मात्र छलफलका लागि प्रदेश सभामा प्रवेश पाएको थियो ।