दाङ : कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन ।
पछिल्लो हप्ता भने यहाँको अवस्थामा कमी आएको छ । अस्पतालमा शैया पाइन थालिएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि स्वात्तै घटेको छ । जिल्लाका स्वास्थ्य अधिकारी कोरोनाको कहर घटेको तर नहटेको बताउँछन् ।
यसबीचमा यहाँका किसान खेतीपातीको काममा जुट्न थालेका छन् । उनीहरु अहिले भने धान रोपाइँमा व्यस्त छन् । यसपालि मनसुन छिटै सक्रिय भई निरन्तर वर्षाजारी रहेकाले खेती गर्न सजिलो भएको किसान बताउँछन् ।
विगतका वर्षमा जिल्लामा असार मध्यतिरबाट मात्र धान रोपाइँले गति लिन्थ्यो तर यसपालि असार लाग्दैगर्दा किसानलाई धान रोपाइँको चटारोले छोएको छ । समयमै वर्षा शुरु भएकाले किसानलाई धानको बीउ राख्नदेखि रोप्नेसम्मको काममा भ्याइनभ्याइ छ । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा ब्यस्त देखिएका छन् ।
लगातार परेको पानीका कारण आफूलाई धान रोपाइँमा सजिलो भएको बताउछन् । तुलसीपुर उपमहानगरपालिका–६ का ३४ वर्षीय डिल्ली चौधरी । उनि भन्छन् , “विगतका वर्षमा समयमा पानी नपर्दा आकाश हेरेर बस्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन ।”
कोरोनाको कहर भए पनि वर्षभरि खाने अन्य बाली धान नै भएकाले जोखिमै लिएर भए पनि काम त गर्नैप¥यो भन्छन् चौधरी । उनले भन्छन् “विगतका वर्षमा गोरुले खेत जोत्नु पर्दथ्यो, समय धेरै लाग्थ्यो, अहिले भाडामा हाते ट्र्याक्टर ल्याएर जोतियो, त्यसैले समयको बचतसँगै काम गर्न पनि सजिलो भयो ।”
आजभोलि काममा धेरै व्यस्त भएर होला कोरोनाको डर पनि कम लाग्ने गरेको उनले बताए । डर कम भए पनि सावधानी भने अपनाएर काम गरिरहेको उनले बताए । उनले यसपटक पहिलो रोपाइँ असार ६ गतेदेखि शुरु गरेको बताए । जेठको दोस्रो सातामा व्याड राखेको र छिटै रोप्न बीउ पनि तयार भएको उनले भने ।
घोराही–६ निवासी महेश चौधरीलाई पनि यो झरीले घरभित्र रोक्न सकेन । उनि धान रोप्न खेतसम्म पुगेका छन् । “एकनास झरी पर्दा खेती गर्न सजिलो भएको छ”, महेशले भने “पानी नहुँदा धान कसरी रोप्ने भन्ने चिन्ता हुन्थ्यो । यसपाली पानीले राम्रो साथ दिएको छ ।” यसपटक रोपाइँका लागि समयमै रासायनिक मल पनि प्राप्त भएकाले खेती राम्रो हुनेमा आफू ढुक्क भएको उनकोे भनाइ छ ।
लमही नगरपालिका–५ की ३५ वर्षीय सीता चौधरी पनि आजभोलि धान रोपाइँमा व्यस्त भएको बताउछन् । त्यहाँको एक निजी विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत उनले अहिले कोरोनाका कारण विद्यालय बन्दहुँदा दिनहुँ धान रोपाइँमा जाने गरेको बताउछन् । दाङको देउखुरी क्षेमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने गरेको छ ।
यसपटक कोरोनाका कारण घरभित्र धेरै समय विताएका यहाँका किसान खेतीपातीको समय नजिकिएपछि भने खेतबारीमा काम गर्न थालेका देखिएको छ । देउखुरी क्षेत्रमा खेतीका लागि प्रविधिको प्रयोग बढ्दो छ । रासस
कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो
दाङ ः कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन ।
पछिल्लो हप्ता भने यहाँको अवस्थामा कमी आएको छ । अस्पतालमा शैया पाइन थालिएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि स्वात्तै घटेको छ । जिल्लाका स्वास्थ्य अधिकारी कोरोनाको कहर घटेको तर नहटेको बताउँछन् ।
यसबीचमा यहाँका किसान खेतीपातीको काममा जुट्न थालेका छन् । उनीहरु अहिले भने धान रोपाइँमा व्यस्त छन् । यसपालि मनसुन छिटै सक्रिय भई निरन्तर वर्षाजारी रहेकाले खेती गर्न सजिलो भएको किसान बताउँछन् ।
विगतका वर्षमा जिल्लामा असार मध्यतिरबाट मात्र धान रोपाइँले गति लिन्थ्यो तर यसपालि असार लाग्दैगर्दा किसानलाई धान रोपाइँको चटारोले छोएको छ । समयमै वर्षा शुरु भएकाले किसानलाई धानको बीउ राख्नदेखि रोप्नेसम्मको काममा भ्याइनभ्याइ छ । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा ब्यस्त देखिएका छन् ।
लगातार परेको पानीका कारण आफूलाई धान रोपाइँमा सजिलो भएको बताउछन् । तुलसीपुर उपमहानगरपालिका–६ का ३४ वर्षीय डिल्ली चौधरी । उनि भन्छन् , “विगतका वर्षमा समयमा पानी नपर्दा आकाश हेरेर बस्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन ।”
कोरोनाको कहर भए पनि वर्षभरि खाने अन्य बाली धान नै भएकाले जोखिमै लिएर भए पनि काम त गर्नैप¥यो भन्छन् चौधरी । उनले भन्छन् “विगतका वर्षमा गोरुले खेत जोत्नु पर्दथ्यो, समय धेरै लाग्थ्यो, अहिले भाडामा हाते ट्र्याक्टर ल्याएर जोतियो, त्यसैले समयको बचतसँगै काम गर्न पनि सजिलो भयो ।”
आजभोलि काममा धेरै व्यस्त भएर होला कोरोनाको डर पनि कम लाग्ने गरेको उनले बताए । डर कम भए पनि सावधानी भने अपनाएर काम गरिरहेको उनले बताए । उनले यसपटक पहिलो रोपाइँ असार ६ गतेदेखि शुरु गरेको बताए । जेठको दोस्रो सातामा व्याड राखेको र छिटै रोप्न बीउ पनि तयार भएको उनले भने ।
घोराही–६ निवासी महेश चौधरीलाई पनि यो झरीले घरभित्र रोक्न सकेन । उनि धान रोप्न खेतसम्म पुगेका छन् । “एकनास झरी पर्दा खेती गर्न सजिलो भएको छ”, महेशले भने “पानी नहुँदा धान कसरी रोप्ने भन्ने चिन्ता हुन्थ्यो ।
यसपाली पानीले राम्रो साथ दिएको छ ।” यसपटक रोपाइँका लागि समयमै रासायनिक मल पनि प्राप्त भएकाले खेती राम्रो हुनेमा आफू ढुक्क भएको उनकोे भनाइ छ ।