बुटवल-भारी वर्षाका कारण बुटवलको मुख्य शहरक्षेत्रको राजमार्ग डुबेको छ। नालीको पानीको निकास सानो भएका कारण सडक भरिएपछि यातायात प्रभावित भएका छन्। मिलनचोकदेखि कालिकानगरसम्मको राजमार्ग र सर्भिस लेन सडककै पानी भरिएर डुबान भएको हो।
बाढी पसेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो। गोलपार्कदेखि राजमार्ग चौराहासम्म एकाएक भारी वर्षा भएपछि सडक क्षेत्रको पानी सडकमै भरिएको थियो।
कालिकानगरतर्फबाट आएका र पार्क गरेर राखेका गाडी पानीमा डुबेका छन्।
यो क्षेत्रको नालीको निकास उपयुक्त नहुँदा वर्षेनी डुबान हुनेगरेपनि सडक डिभिजन, बुटवल उपमहानगरपालिकाले चासो देखाउँदैनन्।