सत्तरीको दशकमा जन्मेको यो संस्था अहिले दश वर्षमा लाग्दैछ । इतिहास छोटो भए पनि परिणाममा यसले राम्रो काम गरेको छ । यो कामकाजी संस्था हो । यसै विकास क्रमको सिलसिलामा गत वर्ष २०७९ साल वैशाख ३ गतेको दिन तेस्रो अधिवेशन तथा पाँचौ साधारण सभा कपिलधाम कपिलवस्तुमा सम्पन्न भयो । उक्त अधिवेशनले वरिष्ठ समालोचक बालकृष्ण भट्टराई, साहित्यकार, पुरुषोत्तम खनाल, प्राज्ञ हरि तिमिल्सिना, डा. बालकृष्ण चापागाई, साहित्यकार हरिराज शर्मा को संयोजनमा नयाँ समिति गठन ग¥यो ।
निर्वाचनबाट अध्यक्षमा ऋषि आजाद उपाध्यक्षमा साहित्यकार हरि पोख्रेल (दाङ) र सिर्जना ज्ञवाली (नवलपरासी) उपाध्यक्ष रहनु भयो । महासचिवमा साहित्यकार अर्जुनकुमार पौडेल (दाङ) सचिवमा साहत्यकार शेखर दहित (बर्दिया) कोषाध्यक्षमा साहित्यकार लक्ष्मण ज्ञवाली (रुपन्देही) निर्वाचित हुनु भयो ।
त्यसपछि सदस्यहरुमा बाँकेबाट कलाकार विक्रम शिशिर, बाँकेबाटै साहित्यकार मिना बराल रुकुमपूर्वबाट साहित्यकार फत्तेकुमारी ओली, दाङबाट कमलमणि देवकोटा, प्यूठानबाट नवराज आचार्य, रोल्पाबाट साहित्यकार कविता उपाध्याय, पाल्पाबाट कृष्णकला भण्डारी, कपिलवस्तुबाट साहित्यकार पशुपतिमणि त्रिपाठी, रुपन्देहीबाट साहित्यकार तिलक लामिछाने, गुल्मीबाट साहित्यकार कविता पन्थी, अर्घाखाँचीबाट साहित्यकार पिताम्बर बन्जाडे, नवलपरासीबाट संगीतकार मदनबहादुर विष्ट रहनु भयो । पछि रुपन्देही भैरहवाबाट साहित्यकार सरु ज्ञवालीलाई सहवरण गरियो ।
संयोजन गर्नु भएका आदरणीय व्यक्तित्वहरुले अधिवेशनमा तपाई अध्यक्ष बस्नु पर्ने भएकाले तपाईको चाहना अनुसारको टिम बनाउनु पर्छ होला भनेर प्रस्ताव राख्नु भएको थियो । मैले यो प्रस्तावलाई विनयशील रुपमा अस्वीकार गरे । सार्वभौम सभाले पारित गरेर निर्वाचित गरेका जोकोही व्यक्तिसँग पनि हामीले मिल्न जान्नु पर्छ । फरक फरक शैली र सोंच भएका साथीहरु बीच आपसी संवाद र मेलमिलापबाट हामी मूलधार बनाउन र लक्ष्यमा पुग्न सक्छौं । मेरो विचार वरिष्ठ समालोचक बालकृष्ण भट्टराईले मुस्कुराएर समर्थन गर्दै धन्यवाद दिनु भयो । जीवनमा पहिलोपटक चिनेका नयाँ नयाँ साथीहरुसँगको यो एक वर्षीय सहकार्य निकै फलदायी बन्यो । अहिले हाम्रो टिम र हाम्रो ट्युनिङ्ग मिलेको छ । आज एक वर्ष पुग्यो । हामी पुन नयाँ राजधानी भालुवाङ दाङ्गमा वाङमयको साहित्यिक माहोल निर्माण गर्दै छैठौं अधिवेशनको स्थान निर्धारण ग¥यौं र सफल बनायौं ।
हामीले पहिला प्रदेशस्तरीय संस्था निर्माणमा योगदान दिने आदरणीय व्यक्तित्वहरुलाई सम्मान गर्नु पर्ने थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका संस्थापक व्यक्तित्वहरु स्वर्गीय हिमलाल ज्ञवाली, राप्ति साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरि तिमिल्सिनालाई प्रदेश संस्थापकको रुपमा घोषणा गरियो । त्यसलाई सहजीकरण, सल्लाह र समर्थन गर्दै उत्कर्षमा पु¥याउन मद्दत गर्ने प्रादेशिक संस्थापकहरुमा साहित्यकार हरिराज शर्मालाई पनि संस्थापकको रुपमा सम्मान गरियो । हरिराज शर्मा र हिमलाल ज्ञवाली निकै नजिक थिए । उहाँहरु चारजनालाई प्रदेश संस्थापकको रुपमा सम्मान गरेर इतिहासको योगदानलाई अभिलेखीकरण गर्न सक्यौं ।
त्यसपछि हामीले यो प्रदेशमा विशेष योगदान दिएका सबै भाषिक समुदाय, उत्कृष्ट कृतिकार, कलाकार संस्कृतिविदहरुलाई लुम्बिनी रत्नको रुपमा सम्मान गर्ने योजना बनाएका थियौं । हामीले भाषिक समुदायबाट, उत्कृष्ट कृतिकारहरुबाट, काव्य क्षेत्रबाट, कला क्षेत्रबाट, संगीतबाट, समावेशीकरणलाई महत्व दिएर छनौट ग¥यौं । क्षेत्रीय सन्तुलन, जिल्लागत प्रतिनिधित्व, विधागत विशिष्टताका आधारमा रत्नहरुको छनौट गरियो ।
यस बिचमा बडो सन्तुलित, हरेक कुरालाई साङगोपाङगो हेरेर मीतव्ययी भाषामा बिच बिचमा सोधी रहने र बेठिकलाई विनयशील भाषामा अस्वीकार गरी संशोधन गर्न दबाब दिने हाम्रो उपाध्यक्ष हरि पोख्रेको संयमित र परिपक्व शैली मन प¥यो । कोषाध्यक्ष लक्ष्मण ज्ञवालीलाई हरेक कुरा सोध्छु । उहाँको अनुहारमा हिमलाल ज्ञवालीको प्रतिच्छाया झल्कन्छ । उहाँले अतिमा जान थालेको कुरालाई सन्तुलनमा धकेल्नुहुन्छ । महासचिवको सहज प्रवृत्ति गतिशील स्वभाव अनि अभिलेखीकरण प्रक्रिया असाध्य परिपक्व छ । साहित्यकार तिलक लामिछानेको रहरलाग्दो सक्रियता र संवादले हामीलाई धेरै कुरामा सजिलो बनाएको छ । शान्त स्वभावको लगातार लाग्ने सरु ज्ञवालीको निरन्तरताले खुसी लागेको छ । संगीतकार मदनकुमार विष्ट निकै खट्नु भएको छ । रोल्पामा कविता उपाध्याय शक्तिशाली साहित्यिक अभियन्ताको रुपमा चिनिनुहुन्छ । रोल्पामा अहिले वाङमयको राम्रो प्रभाव छ । कलाकार विक्रम शिशिर साहित्यकार शेखर दहित आ—आफ्नो जिल्लामा संस्थालाई व्यवस्थित बनाउनु भएको छ । मीना बरालको साहित्यिक अभियानमा निरन्तरता छ ।
सिर्जना ज्ञवाली हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठान गठन गरेर काठमाण्डौमा लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको काम थाल्नु भएको छ । रुकुमपूर्वमा लुम्बिनी वाङमय प्रतिष्ठानको पहिलो जिल्ला संस्थापक भएर देखाएको सक्रियाताप्रति हामी फत्तेकुमारी ओलीप्रति आभारी छौं । उता अर्घाखाँचीबाट सक्रियता देखाउनु भएका पिताम्बर बन्जाडे जिल्लाको काममा निकै खटे पनि उहाँको जीवनसंगीनी विमारी भएको कारण मिटिङ्गमा आउन सक्नु भएको छैन । हामी सबैले स्वास्थ्य लाभको कामना गछौं । अर्घाखाँचीमा ५६ जना त आजीवन सदस्य हुनुहुन्छ । त्यहाँ माधवराज चुँदालीको स्थापना कालदेखि अनवरत योगदान छ । त्यसमा अघिल्लो केन्द्रीय सदस्य हिम लेकालीको संयोजनकारी भूमिका छ । यो मोडल जिल्ला बनेको छ । कमलमणि देवकोटाको सक्रिय सहभागिता र बौद्धिक खुराकले हाम्रो संस्था मौलिक र क्रियाशील छ । आदरणीय नवराज आचार्य निकै लाग्नु भएको छ । प्युठानमा अहिले वाङ्मय स्थापित छ । मुखपत्रको रुपमा सिर्जनशील प्रकाशन गर्ने योजना छ । पाल्पामा साहित्यकार कृष्णकला भण्डारीले सबै तारतम्य मिलाएर जिल्ला अधिवेशन सफल पारी वाङमयलाई स्थापित गर्नु भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्ने योजना छ । कविता पन्थीले गुल्मी जिल्लामा निकै मेहनतका साथ लुम्बिनी वाङमय प्रतिष्ठान गुल्मी जिल्ला कार्य समिति स्थापना गर्नु भएको छ । गुल्मी वाङमयमय भएको छ । पशुपतिमणि त्रिपाठी त हाम्रो अभिभावक हो । कपिलवस्तुमा उहाँको साहित्यिक योगदान निकै राम्रो छ । हाम्रो टिममा उमेर अनुसार नमस्कार हुन्छ । दाजुले भाइलाई नमस्कार गरिदैन । अध्यक्षले दाजुलाई नमस्कार गर्छु । यो हाम्रो संस्कृति हो ।
तर एउटा कुरा पूर्वबाट बढी पर्ने पश्चिमबाट कम पर्ने भएको छ । नयाँ प्रदेश भएकोले चिना पहिचान र आपसी अन्तरघुलनको मनोवैज्ञानिक समस्या पनि छ । राप्ती पारिबाट दशजना यताबाट १५ जना हुनु अलि अस्वाभाविक हो । रोल्पाबाट कविता उपाध्याय, प्यूठानबाट नवराज आचार्यले यो विषयमा सुझावको रुपमा राख्नु भयो । आगामी वर्षहरुमा यसमा गम्भीर हुनै पर्छ । सबैको संवेदनामा समानताको भाव पैदा होस् । यसमा हामी चनाखो हुनै पर्छ । सबै जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र हाम्रा आदरणीय सल्लाहकारबाट सम्भव भएको हो । यो उपलब्धिको श्रेय कुनै एउटा व्यक्तिको टाउकामा राख्नु धेरैजनाको अन्याय हुन्छ । यो साझा उपलब्धि हो ।
उता यसको बौद्धिक अगुवाई प्राज्ञ हरि तिमिल्सिनाले गरिरहनु भयो । पूर्वमा डा. श्यामप्रसाद न्यौपानेले हामीलाई दिशा निर्देश गरिरहनु भएको छ । उहाँ लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको स्थापना कालदेखिको संस्थापक हो । हामीले पुरुषोत्तम खनाल, हरिराज शर्मालाई सबै कुरा सोध्छौं । यस काममा बुँद राना, ऋषि भुसाल, ऋषि भारद्वाज, राजेन्द्रकुमार आचार्य, जङगबहादुर शाह, शंकर आचार्यको निकै भूमिका छ । हामी प्रा.डा.विष्णुराज आत्रेय प्रतिष्ठानसँग अभिन्न रुपमा जोडिएका छौं । त्यसमा विष्णु भण्डारी र कृष्णप्रसाद भट्टराइले निकै राम्रो भूमिका खेल्नु भएको छ ।
हामीले लुम्बिनी प्रदेशका सबै स्रष्टाहरु छान्दा उहाँबाट र जिल्लाका सल्लाहकारबाट, जिल्लाका अध्यक्षज्यूहरुबाट सल्लाह लिएका थियौं । यसको लागि केही मापदण्डहरु थिए । यसमा म बिल्कुल निर्वैयक्तिक बनें । अनि प्राज्ञ हरि तिमिल्सिनाले जुम बैठकको लागि आफूले जिम्मा लिने कुरा राख्नु भयो । हामीले उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छौं । हामीलाई जुमको माध्यमबाट बैठक बस्न विचार राख्न र संवादबाटै अन्तरविरोध हल गर्दैै आत्मीय संस्था बनाउन सकिन्छ ।
हामीले अधिवेशनमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री लिला गिरीलाई आमन्त्रण गरेका थियौं । मुख्यमन्त्रीले हाम्रो कार्यक्रमलाई महत्वका साथ समय दिनु भयो । उहाँले संस्थाको गरिमा बढाउनुको साथै मोफसलमा साधन सम्पन्न क्रियाशील संस्था हो भनेर हामीलाई हौस्याउनु भयो । अरुलाई प्रोत्साहन गर्ने उहाँको महानता हो । अब पक्ष प्रतिपक्ष जहाँ बसे पनि लुम्बिनी प्रज्ञा प्रतिष्ठानको लागि विलम्ब नगरी ऐन स्वीकृत गरेर गठन प्रक्रिया अगाडि बढाउने अठोट गर्नु भयो । साझा व्यक्तित्व मौलिक चिन्तन सरल जीवन शैली मुख्यमन्त्री लिला गिरीको समतलीय र शान्त स्वभाव उत्प्रेरक छ । साधारण सभामा साहित्यकार लक्ष्मण ज्ञवालीको आर्थिक प्रतिवेदन र अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन कठतलध्वनिका साथ स्वीकृत ग¥यो । अब हामीलाई केही वैधानिक समस्याहरु हल भए । अबको विधानमा यी निर्णयहरुमा टेकेर काम गर्नेर्छौ ।
हामीले यो वर्ष उक्त दिन लुम्बिनी रत्न पदक वितरण ग¥यौं । फ्रेममा छोटो रुपमा चिनाउने गरी नयाँ र अलि मौलिक रुपमा लुम्बिनी रत्न २०८० प्रदान गरियो । हामी विशेषतः लुम्बिनी प्रदेशमै साधानारत तपस्विहरुलाई ध्यान दियौं । कृतिकारको रुपमा हामीले बाँकेबाट निकै चर्चामा आएको प्राज्ञ महानन्द ढकालको उपन्यास बुह्रान, रुपन्देहीका डा. बालकृष्ण चापागाईंको बौद्ध दर्शन तथा सञ्चार रत्न २०८०, लोकसाहित्यमा संस्कृतिविद उत्तरकुमार पराजुलीको अनुसन्धानमूलक भजन संग्रह लोकसाहित्य रत्न २०८०, र दीन पन्थीको हुटिट्याउँको मन निबन्ध रत्न २०८० ,वरिष्ठ पत्रकार मदनलाल पौडेलको संस्मरणात्मक कृति मृत्युले मुसारेको मानिस नियात्रा रत्न २०८० कृतिलाई सम्मान ग¥यौं । काव्य विधामा साधनारत वरिष्ठ साहित्यकार डा. श्याप्रसाद न्यौपानेज्यूलाई लुम्बिनी काव्य रत्न २०८० ले सम्मान ग¥यौं । गजल विधामा लुम्बिनी गजल रत्न २०८० मा राजकुमारी कुँवर, गद्य कविताबाट साहित्यकार आर. बि. निश्चल काव्य रत्न २०८०, नारी जागरण रत्न २०८० फत्तेकुमारी ओली प्राप्त गर्नु भयो । त्यसरी नै लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशलाई टेवा र सेवा प्रदान गरी धाममा आश्रय दिने आदरणीय कपिलधामका अध्यक्ष शंकर आचार्यलाई कपिल रत्न सम्मान—२०८० प्रदान गरेर सम्मान गर्ने मौका पायौं ।
हामीले अघिल्लो दिन छन्द दिवस भएकोले हाम्रा साझा अभिभावक कपिलवस्तु चप्परगाउँ निबासी ऋषिराम भरद्वाजको सल्लाहमा दुईजना छन्द साहित्यमा उत्कृष्ट व्यक्तित्वहरुमध्ये छन्दवादी समाजका संस्थापक अध्यक्ष तथा समालोचक कविराज पौडेललार्ई प्रदान गरियो । नव प्रतिभाको रुपमा उहाँहरुकै सल्लाहमा सिर्जना खनाल भैरहवालाई सम्मान गरियो । यसको प्रबन्धनमा प्राध्यापक हरि पौडेल दाङले योजना मिलाउनु भयो ।
हामीले निकै महत्वपूर्ण काम भाषिक समुदायका स्रष्टाहरुलाई सम्मान ग¥यौं । हामीले उर्दू भाषाबाट सरवर नेपाली उर्दू भाषा रत्न २०८०, बाँके, थारु भाषाबाट छविलाल कोपिला थारु भाषा रत्न २०८०, दाङ र भाषाबाट व्योमजी अवतार मगर भाषा रत्न २०८० रोल्पा, अवधी भाषाबाट.श्यामप्रकाशलाल श्रीवास्तव अवधी भाषा रत्न २०८०.कपिलवस्तु.. भोजपुरी भाषाबाट शिवानन्दन जयसबाल भोपुरी भाषा रत्न २०८०, रुपन्देही, तमु भाषाबाट भीम गुरुङ तमु भाषा रत्न २०८० रुपन्देही ,नेपाल भाषाबाट अर्चना शाक्य नेपाल भाषा रत्न पाल्पा, संस्कृत भाषाबाट कृष्णप्रसाद कोइराला संस्कृत भाषा रत्न २०८० पाल्पालाई सम्मान गरियो ।
त्यसरी नै कला विधामा वरिष्ठ कलाकार हिम लेकाली लुम्बिनी कला रत्न २०८० अर्घाखाँची, मूर्तिकार प्राज्ञ यमबहादुर थापा मूर्तिकला रत्न २०८०, चित्रकलामा सुमित्रा राना, लुम्बिनी चित्रकला रत्न २०८०गीत संगीतबाट खगेन्द्र नेपाल बाँके रहनु भयोे ।
यसले हामीलाई केही हौस्याएको छ । केही सिकाएको छ । जति काम गर्दै गइन्छ त्यति सिकाइ अनुभव पनि बढ्दै जान्छ ।
कार्यक्रममा आउन नसक्नु भई उहाँबाट शुभकामना दिनु हुने लोकवार्ता परिषदका केन्द्रीय अध्यक्ष संस्कृतविद डा. प्रेम खत्री, वरिष्ठ समालोचक बालकृष्ण भट्टराई, प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछाने प्रदेश संस्थापक पुरुषोत्तम खनाल, पूर्व महासचिव संस्कृतविद राजेन्द्रकुमार आचार्य, सिद्धार्थ साहित्य परिषद अध्यक्ष डिल्लीराज भट्टराई, सिसास अध्यक्ष शशि पन्थी, हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष सिर्जना ज्ञवाली, सल्लाहकार दामु मर्सिफुल रोल्पा, सल्लाहकार टंक पन्त, पाल्पा, सल्लाहकार दीन पन्थी गुल्मी, संस्कृतिविद घनश्याम कोइराला काठमाण्डौंले विभिन्न माध्यमबाट शुभकामना पठाउनु भयो ।
हाम्रा भावी कार्यक्रमहरु
१) संगठनात्मक संरचना निर्माणमा समानुपातिक सहभागितालाई महत्व दिने ।
२) लुम्बिनी प्रदेशका १२ जिल्लालाई कार्यक्षेत्र बनाउने ।
३) साहित्य, कला र संस्कृतिलाई एकीकृत अभियान बनाउने ।
४) विविधतालाई समष्टिमा पक्रेर अभिनन्दन, पुस्कार, सम्मान आदिलाई समावेशीकरणका आधारमा वितरण गर्ने ।
५) साहित्य जीवनको लागि हो भन्ने जीवनवादी दृष्टिकोणका अँगाल्ने ।
६) लोकतान्त्रिक प्रगतिशील साहित्यलाई प्रोत्साहन गर्ने ।
७) हिमवत खण्डका पूर्वीय प्राचीन दर्शनहरुः बौद्ध दर्शन, सांख्य दर्शनलगायतका दर्शनहरुको विषयमा खोज अनुसन्धान गर्र्ने ।
८) हरेक जिल्ला एकाईहरुलाई शाखा नभनी जिल्ला कार्य समिति भन्ने र स्वायत्त बनाई रचनात्मक र सिर्जनात्मक काममा अधिकार प्रत्यायोजन गर्ने ।
९) विभिन्न विधामा स्थायी पुस्कारहरु स्थापना गर्ने ।
१०) साधारण, आजीवन, विशिष्ट, संस्थागत र मानार्थ सदस्यको विस्तार गर्नें ।
११) जिल्ला जिल्लाहरुमा कार्यालय संस्थागत सुदृढीकरणका लागि प्रयाश गर्ने ।
१२ विभिन्न साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक स्थानहरुमा परिभ्रमणको व्यवस्थापन गर्ने ।
१३) केन्द्रीय तहमा मुखपत्र लाली गुराँस नियमित बनाउने, तर जिल्लाहरुमा जिल्लागत विशिष्टताको आधारमा नामकरण गरी मुखपत्रको लागि संस्थागत आधार तयार गर्ने ।
१४) विभिन्न विधाहरुमा अनुसन्धानमूलक शोधपत्रहरु, कार्यपत्रहरु, अवधारणा पत्रहरु लेखी गोष्ठी, छलफल गर्ने ।
१५) साहित्य तीर्थको व्यवस्थापनमा वैज्ञानिक मापदण्ड बनाउने, स्रष्टाहरुका प्रतिमूर्ति राख्ने । यस साहित्य तीर्थमा सबै भाषिक समुदायका आदिकविहरुका प्रतिमूर्ति राख्न महत्व दिने ।
१५) प्रदेशभित्रका विशेष पुरातात्विक स्थानहरुका पर्यटन प्रवद्र्धनको भ्रमण गर्ने ।
१६) हामीले विधानमा रहेका अपरिवर्तननीय धारा उपधारा दफा उपदफाहरु बहेक नयाँ संविधानको मर्म अनुसार राज्य पुनरचनाको आधारमा विधान संशोधन गर्ने ।
केही संशोधन प्रस्ताव
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालको सबै प्रकारका सदस्यताको मध्ये साधारण सदस्यता जिल्ला समितिले प्रदान गर्ने प्रस्ताव गर्छाैं ।
- लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको शुरु गठन तथा दर्ता समयमा उपस्थित भई रजिष्टरमा हस्ताक्षार गरेका सबैजना सदस्यलाई संस्थापक सदस्यता दिने निर्णय गर्न प्रस्ताव गर्छाैं ।
- आजीवन सदस्यता प्रदानको लागि सम्बन्धित जिल्लाको सिफारिस र केन्द्रको अनुमतिलाई आधार मान्न प्रस्ताव गर्छु ।
- सम्मानार्थ सदस्यता केन्द्रले मात्र दिन सकिने प्रस्ताव गर्छौ ।
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश अन्तरगतका जिल्ला समितिहरुलाई केन्द्रीयता र लोकतन्त्रको आधारमा सञ्चालन हुने गरी अधिकतम स्वायत्त बनाउने प्रस्ताव गर्छौं ।
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश गैरसरकारी संस्था भएको हुनाले भाषा, कला, साहित्य, संस्कृति संगीत क्षेत्रमा निष्ठापूर्ण रुपमा लागेका अवैतनिक तथा स्वयंसेवी सदस्यहरु बिच सहकार्य र आत्म सम्मानको लागि हाइरार्किइल ढाँचा हटाउँदै समानताको बोध हुने समतलीय पद्धतिको प्रस्ताव गर्छौं ।
- १२ जिल्लाको विशिष्टतामा जिल्ला समितिबाट अलग अलग मुख—पत्र नामकरण तथा प्रकाशनको लागि अधिकार प्रत्यायोजन गर्न साधारण सभाबाट पारित गर्न प्रस्ताव गछौं ।
- विगतदेखि प्रकाशन गर्दै आएको लाली गुँराश मुख पत्र लम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशकै मुख—पत्रको रुपमा प्रकाशन गर्न प्रस्ताव गर्छौ ।
- अक्षयकोषका आधारमा खडा भएका पुरस्कारहरुलाई अधिकतम महत्व दिदै कतिपय संघ संस्था वा व्यक्ति विशेषबाट लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशमार्फत पट्के पुरस्कार स्थापना गर्न र प्रदान गर्न चाहनेलाई स्वीकार गर्न प्रस्ताव गर्छौं ।
- यस प्रदेश अन्तरगत पर्ने गौरवशाली इतिहास बोकेका पुरातत्व विभागले प्रमाणित गरेका पौराणिक, ऐतिहासिक रुपमा खोज अनुसन्धानबाट प्रमाणित भएका स्थलहरु वागेश्वरी, लुम्बिनी, तिलौराकोट, कपिलधाम, पाणिनि, महर्षि पतञ्जलीको राप्ती दाङ र अर्घाखाँची बिचमा रहेको गोनार्द तपस्थली क्षेत्र, रेसुङगा, स्वर्गद्वारी लगायतका महत्वपूर्ण क्षेत्रहरुलाई धार्मिक, सँस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचार प्रसारमा लाग्न प्रस्ताव गर्छौ ।
- हाम्रा पुरस्कार अभिनन्दन, सम्मानहरुलाई विविधताको समविकाससँग जोड्दै कार्यविधिका आधारमा गुणस्तरीय छनोटको मर्मलाई पनि ख्याल गर्दै समावेशीकरणको भावनालाई आत्मसात गर्ने प्रस्ताव गर्छाैं ।
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको श्रोत परिचालन तथा व्यवस्थापनलाई श्रोत विकेन्द्रीकरण नीतिकै आधारमा सञ्चालन गर्नको सबै प्रकारको आम्दानीहरुमा ७५ प्रतिशत जिल्ला तहमा खर्च गर्ने र २५ प्रतिशत आम्दानी प्रदेश साधारण सभा, अधिवेशन र साहित्यिक गोष्ठीहरुमा आवागमन तथा व्यवस्थापन खर्चमा लगाउने गरी व्यवस्थापन गर्न प्रस्ताव गछौं ।
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको केन्द्रीय कार्यालय कपिलवस्तु कपिलधाममा रहने प्रस्ताव गछौं ।
- कपिलधाम संरक्षक रहने गरी स्थापना भएको कपिलवस्तु कपिलधाम स्थित साहित्य तीर्थका संस्थापकहरु हिमलाल ज्ञवाली, प्राडा विष्णुराज आत्रेय र साहित्यकार हरिराज शर्मा हुनु भएको कुरा पारित गर्नको लागि प्रस्ताव गर्छौं ।
- लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश स्थापना गर्नका लागि नेपालगन्जमा मा भएको निर्णयको हस्ताक्षरकर्ता तत्काल लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका तत्कालीन अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवाली तत्काल राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल र भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरि तिमिल्सिनालाई प्रदेश संस्थापकको रुपमा घोषणा गछौं ।
- लुम्बिनी प्रदशभित्र रहेका भाषा, साहित्य, कला संस्कृति, संगीतलगायतका सबै गैर सरकारी संस्थाहरुसँग समानताका आधारमा सहअस्तित्व र भातृत्व कायम गरी आपसी सहकार्य गर्नको लागि प्रस्ताव गर्छौं ।
- विगतमा स्वर्गीय हिमलाल ज्ञवालीले परिकल्पना गरेका भाषा, कला, र संस्कृति अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खोज्नु भएको चाहनालाई पारित गर्न प्रस्ताव गर्छौ ।
- कपिलधाम साहित्य तीर्थमा स्वर्गीय हिमलाल ज्ञवालीको अर्धकदको शालिक स्थापना गर्नको लागि पहल गर्न लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा हिमलाल ज्ञवाली प्रतिष्ठानका अध्यक्ष सिर्जना ज्ञवाली र हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्षलाई अनुमति प्रदान गर्न प्रस्ताव गर्छौं ।
- जिल्ला शाखा नभनी जिल्ला कार्य समिति हुनु पर्ने प्रस्ताव गर्छौं ।
लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशबाट स्स्थापित केही पुरस्कारहरु
हामीले केही पुरस्कारहरु स्थापना गर्ने योजना बनाएका छौं । हाम्रा साहित्यप्रेमी अग्रजहरुलाई यो सुदृढ संस्थामार्फत साहित्य, कला र संस्कृतिमा साधनारात मनीषीहरुलाई सम्मान गर्न अक्षयकोष स्थापना गर्न अनुरोध गछौं ।
हाल केही महत्वपूर्ण स्थापित स्थायी तथा अस्थायी प्रकृतिका निजी प्रतिष्ठानका पुरस्कारहरु
व्यवस्थापन तथा प्रबन्धनसहित रु १० हजार (प्रबन्धमा २० प्रतिशत घटाउन नहुने गरी )
१ रामबहादुर सुन्दरीमाया शीत साहित्य पुरस्कार अक्षयकोष राशि १ लाख २५ हजार सेवा कामना विकास बैंक बुटवल शाखा, पुस्करराज रेग्मीलाई प्राप्त भएको ।
२ टानबहादुर पाण्डेद्वारा स्थापित ईश्वरीबहादुर पाण्डे स्मृति साहित्य पुरस्कार एक लाख २५ हजारको अक्षयकोष राख्न बाँकी २०८० बाट शुरु
३ हरिप्रसाद पौडेलद्वारा स्थापित बुद्धिराम पौडल स्मृति छन्द तथा गजल साहित्य पुरस्कार २०८० बाट शुरु
४ कुलप्रसाद आचार्यद्वारा स्थापित चन्द्रमणि गोमा आचार्य स्मृति लोकसाहित्य पुरस्कार २०८० सालदेखि शुरु
५ ऋषि आजादद्वारा स्थापित मनलिला स्मृति पुरस्कार स्थापना २०८० बाट शुरु
हाम्रो भौतिक संरचना र आधार
लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको आफ्नै केन्द्रीय कार्यालय छ । त्यसमा कपिल प्रज्ञा पुस्तकालय चलिरहेको छ । त्यही नै ४ बिगाहा क्षेत्रफमा १०८ कृतिशेष साहित्यकारहरुका प्रतिमूर्ति स्थापना गर्ने योजना छ । अहिले हामी २२ औं पुगेका छौं । त्यसमा हाम्रा स्वर्गीय अग्रजहरु हिमलाल ज्ञवाली, डा विष्णुराज आत्रेयको योगदान छ । त्यसरी नै निरन्तर खट्ने ब्रम्हयोगी शंकर आचार्य र उहँँको टिमको योगदान निकै ठूलो छ । हाल यो संस्थाको संयोजन मैले गरिहेको छु ।
यस साहित्य तीर्थ नमक संस्थाको शुरुआत २०७२ साल बैशाख ८ गतेबाट भएको हो । यसको मापदण्ड बनेको छ । सिफारिस समिति, व्यवस्थापन समिति निर्माण समितिबाट प्रक्रिया पु¥याएर मात्र काम हुन सक्छ । साहित्यकार कपिलवस्तु तौलिहवा निबासी हरिराज शर्मा र पार्वती शर्माले पहिलोपटक आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरेर शुरु भएको हो । उहाँले अरु कृतिशेष स्रष्टाहरु थप्दै हुनुहुन्छ । त्यसपछि बाणगंगा साहित्यिक प्रतिष्ठानले कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमूर्ति स्थापना गरेको पाइन्छ । करिव आधा दर्जन कृतिका स्रष्टा संस्कृत भाषाका प्रकाण्ड विद्वान रेश्मीराज अर्यालको प्रतिमूर्ति स्थापना भयो । यस साहित्य तीर्थमा २०७४ साल चैत्र ११ गतेको दिन धर्मराज सावित्री प्रतिष्ठानको तर्फबाट जनकविकेसरी धर्मराज थापाको प्रतिमूर्ति राखियो । त्यसैगरी २०७५ मंसिर २२ गते लिलाध्वज थापा साहित्य प्रतिष्ठानबाट २०७२ मंसिर २२ गतेको दिन लिलाध्वज थापाको प्रतिमूर्ति स्थापना गरियो । २०७९ असारमा पूर्णप्रसाद ब्राह्मणको शालिक स्थापना गरियो । २०७५ चैत्र २५ गतेको दिन कवि शिरोमणि राजीवलोचन जोसीको प्रतिमूर्ति स्थापना गरियो । २०७५ फाल्गुण २६ गते रुद्रराज साहित्य सेवा समितिले सरदार रुद्रराज पाण्डेको शालिक स्थापना गरियो । २०७६ बैशाख २४ गते मंगलबारको दिन लोकप्रियादेवी जोसीको शालिक स्थापना गरियो ।
यो क्रम निरन्तर अगाडि बढिरहेको छ । त्यसपछिका दिनहरुमा २०७६ मंसिर २५ गते भवानी भिक्षुको शालिक अनावरण भएको छ । वासुशशि स्मृति परिषदबाट नाट्य विधाका प्रसिद्ध नाटककार वाशु शशिको २०७६ फाल्गुण २५ गते प्रतिमूर्ति स्थपना गरियो । २०७६ मंसिर ६ गतेको दिन चर्चित गायक मास्टर मित्र सेनको शालिक स्थापना गरियो । २०७६ मार्ग २६ गते संस्कृतिविद डा. टिकाराम पन्थी, महाकवि भीमकान्त पन्थी र दधिराम मरासिनीको शालिक अनावरण गरियो । त्यसपछि लगत्तै २०७६ फाल्गुण डा.कुमारबहादुर जोशीको शालिक स्थापना गरियो । २०७७ माघ ४ गते हर्षबहादुर बुढामगरको शालिक स्थापना गरियो । २०७९ बैशाख ३ गते यादवनाथ कोइराला र मंगलकुमार उपाध्यायको शालिक अनावरण भयो । जनमत वाङमय प्रतिष्ठानबाट कृष्णप्रसाद दुवालको शालिक राखिएको छ । २०७९ श्रावण ११ गतेको दिन लेखनाथ ज्ञवालीको शालिक स्थापना गरियो । अनि भीमनिधि तिवारीको मूर्ति स्थापना भएको छ तर कोभिडपछि उहाँको परिवारसँग भेटघाट हुन सकेको छैन । त्यसको व्वस्थापन तथा शिलन्यास बाँकी छ ।
पछिल्ला दिनहरुमा युवाकवि मोतीराम भट्ट, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, प्राडा विष्णुराज आत्रेय, हिमलाल ज्ञवालीको प्रतिमूर्ति स्थापनाको लागि प्रस्तावहरु आएका छन । यी प्रतिमूर्तिहरु स्थापना गर्नको लागि निवेदनरु आएका छन् । साहित्य तीर्थ व्यवस्थापन समितिले सिफारिसको लागि सिफारिस समितिमा पठाएपछि उसले मापदण्डको आधारमा सिफारिस गरिसकेपछि निर्माण समितिले कार्यान्वयन गर्ने योजना रहेको छ ।
अब यसको सुरक्षा चुनौती थपिएको छ । यस साहित्य तीर्थ साहित्य पर्यटनको लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ १०८ प्रतिमूर्तिहरु राख्न सकिन्छ तर त्यसको यथोचित संरक्षणको लागि आर्थिक अभाव खड्किएको छ । त्यसलाई संरक्षण गर्ने चुनौती थपिएको छ । यस अभियानका दुई संस्थापकहरु आकस्मिक रुपमा स्वर्गे हुँदा यसको क्षेतिपूर्ति हुन गाह्रो भएको छ । गत वर्षको बजेटमा ४० लाख रुपैयाँ सुरक्षाको लागि विनियोजन भए पनि नयाँ सरकार आएपछि उक्त रकम काटिदिएका कारण हामी निराश बन्यौं । त्यसपछि प्रदेश सरकारको ध्यान जान सकेको छैन । यसमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका जिम्मेवार सभासदहरुले ख्याल गर्नुपर्ने अवस्था छ ।
उपसंहार
अन्त्यमा हामी प्रशस्त सम्भावना र चुनौतीका बिचमा छौं । हाम्रो संस्था विशुद्ध साहित्य कला, संस्कृति र संगीत क्षेत्रमा साधनारत संस्था हो । अपार जनशक्ति र भरपर्दो विश्वासको कारण हामी स्थापित हुन सकेका छौं । छोटो समयमा यसले देखाएको गतिविधि र देखिने गरी आएका उपलब्धिहरुले हामीलाई उत्साह पैदा भएको छ । यो संस्था खासगरी लुम्बिनी, राप्ती र भेरीको भूगोल र त्यहाँ स्थापित साहित्यिक संस्थाहरुसँग सहअस्तित्वको आधारमा सहकार्य गर्दै जाने अवस्थामा छ । सबै जिल्ला समितिहिरुलाई बलिया साधन सम्पन्न बनाउन सके यसले नेपाल सरकारको भाषा, कला, साहित्य, संस्कृति, संगीत क्षेत्रको समुचित विकासको लक्षलार्ई टेवा दिन र सेवा प्रदान गर्न सक्छ ।