जब म पश्चिमतिरको यात्रा गर्छु, यात्राको क्रममा बाणगंगाको चप्परगाउँ पुगेपछि हइुँकिरहेको गतिशील गाडीबाट मेरो नजर एकपटक ऋषि भारद्वाजको शान्तकुन्जमा टक्क अडिन्छ । त्यो समयमा उनी र उनका परिवारका सबै सदस्य एकएक गरी सम्झन्छु । चेतनादेवी कँडेल, दुर्गाराज कँडेल, सीता कँडेल, जोशिका कँडेल, ऋदेश कँडेलका अनुहारहरु एक—एक गरी खुल्छन् । शान्त प्रशान्त अनुहारमा आउने सबै परिवारका सदस्यहरुमा ब्राह्मण स्वभाव छ । उनको घरमा सबैलाई समान रुपमा सत्कार गरिन्छ । विभेद र अपमान कुन चरीको नाम हो थाहा छैन । यही परिस्कृत जीवनशैलीले गर्दा उनलाई असल ब्राह्मण बनाएको छ ।
ऋषि भारद्वाज लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालका स्थापनाकालदेखिका सल्लाहकार हुन् । उनी आजीवन सदस्य पनि हुन् । यो संस्थामा उनको परिकल्पनाले निकै राम्रो काम गरेको छ । यो संस्थाको गौरव र गरिमा बढाउनको लागि हामीले नैतिक भौतिक दुबै सहयोग पाएका छौं । हाल उहाँले साहित्य तीर्थ मूर्तिस्थापनाको लागि मूल्याङ्कन समितिको संयोजन गरिरहनु भएको छ ।
नेपालीय साहित्य आकासमा हजारांै तारापुञ्जहरु टिलपिल टिलपिल गरिरहेका छन् । तिनीहरुमा आआफ्नो प्रकाश सामथ्र्य र आयतन छ । जोसँग जति सामथ्र्य र आयतन हुन्छ, त्यति नै मात्रामा समाजलाई प्रभाव पार्छन् । ऋषिकेशव भारद्वाजको पनि सिर्जन सामथ्र्यका साथ आयतन बढिरहेको छ । उनी छन्द साहित्यमा मुलुककै साधानारत व्यक्तिहरुमा राम्रोसँग चिनिन्छन् ।
शुरु शुरुमा साहित्यकारहरु विभिन्न विधामा भेटिन्छन् । अन्त्यतिर तिनीहरु छानिदै एउटा विषयमा केन्द्रित हुन थाल्छन् । अर्थात एउटा विधामा सफल हुन्छन् । दुईवटामा पनि हुन सक्छन् । मूलत ः विशिष्टीकरण गर्नु र त्यस विधामा फदुलेर लाग्ने क्षमता राखेमा पहिचान बनाउन सफल भइन्छ । भारद्वाज स्रष्टा मात्र हैनन्, छन्द परिचय जस्तो गहकिलो पुस्तकका रचनाकार पनि हुन् । सिर्जना व्यवहारिक पक्ष हो । सिर्जनाको लागि आवश्यक शिल्प सैद्धान्तिक विषय हो । सिद्धान्त र व्यवहारको अन्यन्य सम्बन्धबाट मात्र सफल स्रष्टा बनिन्छ ।
ऋषिकेशव भारद्वाज हालको दरबार गाउँपालिका ५ तोष बेगरुङ्ग गुल्मीमा २०१६ सालमा जन्मेका हुन् । हाल वाणगंगा नगरपालिका ८ चप्परगाउँ कपिलवस्तु बस्छन् । उनको माताको नाम दीनरुपा कँडेल हो भने पिताको नाम गुनाखर कँडेल हो । उनको न्वारानको नाम ऋषिराम कँडेल हो । उनी नेपाल सरकारका सेवा निवृत कर्मचारी हुन् । वन विभागमा काम गर्ने हुनाले उनी वनौषधविज्ञानमा त्यत्तिकै निपुण मानिन्छ । उनले हजारौ वानस्पतिक प्रजातिका नामहरु र त्यसको उपयोगिताको विषयमा राम्रो ज्ञान राख्छन । उनी वैद्य पनि हुन् । उनी मुलुकका विभिन्न स्थानमा रहेका १३ वटा संस्कृत विद्यापीठका संस्थापक पनि हुन् । उनीको सार्वजनिक योगदान निकै ठूलो छ । समयले उनी सम्यक मूल्याङ्कन गर्नेनै छ ।
उनले मनको तरङ्ग कविता संग्रह (२०६३), वाणगंङ्गा खण्डकाव्य (२०६७) दोस्रो संस्करण(२०७५), छन्द परिचय (२०७९) हुन् । अन्य प्रकाशोन्मूख कृतिहरुमा धाम परिचय, बालज्ञान दीपिका, विष्णु सहस्र नाम महाकाव्य, योगी विकासानन्द माहाकाव्य तयारी अवस्थामा छन् । यी पुस्तकहरु प्रकाशोन्मूख अवस्था छन् । भारद्वाज अभिनन्दनीय व्यक्ति हुन् । उनले नेपाल र भारतबाट गरी करिब पन्ध्रवटा साहित्यिक पुरस्कार, सम्मान र अभिनन्दन पत्र पाएका छन् ।
छन्द परिचय पुस्तकमा नेपाल संस्कृत विश्व विद्यालय श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ देवघाटधामका सह प्राध्यापक आचार्य नवराज पाण्डेय चातकले यस कृतिको भूमिकामा लेख्नु भएको छ —“संस्कृत एवं नेपाली साहित्यका साधक यस छन्द परिचय नामक लाक्षणिक ग्रन्थका लेखक कवि ऋषिकेशव भारद्वाजको सिर्जनशील कलमबाट आगामी समयमा पनि निरन्तर रुपमा यस्ता ग्रन्थरत्न जन्मिदै जाऊन् र नेपाली साहित्यको श्रीबृद्धिमा भगवान् पशुपतिनाथको आशीर्वाद उहाँको लेखनीलाई मिलोस् ।”
दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष दिलीप कार्की भन्छन्—“ बहु उपयोगी यस कृतिले पाठक वर्गको मन जित्न सफल हुनुको साथै कविता लेख्न र कवि बन्न चाहने नव स्रष्टाहरुलाई थप उपयोगी सन्दर्भ बन्नेछ भन्ने अपेक्षा राखेको छु ।”
यो छन्द परिचय कृतिको विषयमा विभिन्न स्रष्टाहरुले भिन्नभिन्दै रुपमा प्रतिक्रिया दिएका छन् ।
संस्कृतिविद राजेन्द्रकुमार आचार्य भन्छन् — “यो पाठ्यपुस्तक स्तरको छ । यसलाई संस्कृत विश्व विद्यालयले पाठ्य पुस्तकमा लगाउनु पर्छ ।”
यो पुस्तकको विषयमा छन्दवादी समाज नेपालका संस्थापक अध्यक्ष कविराज पौडेल भन्छन— “यो समस्यापूर्तिको रुपमा आएको पठनीय पुस्तक हो । यसले संक्षेपमा धेरै कुरा दिएको छ । नव पुस्ता लाभान्वित हुन्छ ।”
पुस्तकको विषयमा युवा कवि स्वर्णशिखा भन्छन्— “मैले तयार गर्छु भनेर सोच्दंै थिएं, ऋषि भारद्वाज गुरुले समस्या पूर्ति गर्नु भएछ । किताब साह्रै उपयोगी लाग्यो ।”
नव कवि यज्ञलाल सुवेखी भन्छन्— “यो पुस्तक हामी नयाँ पुस्ताको लागि गुरु पुस्तक हो । ”
यो पुस्तकको विषयमा लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष हरि पोख्रेल भन्छन् —“छन्द पुनर्जागणको अभियानमा निस्केको यो पुस्तकबाट धेरै लाभान्वित हुनेछौं ।” कविलाई धन्यवाद !
सोही संस्थाका महासचिव अर्जुनकुमार पौडेल भन्छन्—उहाँ छन्द शास्त्रको हाम्रो साझा गुरु हो । यस पुस्तकको प्रकाशनले उहाँको उचाइ अरु बढेको महशुस गरेको छु ।
छन्द शास्त्रको कठोर नियममा साधना गर्न गाह्रो छ । निश्चित गण, अक्षर, मात्रा, लय तथा चरणका आधारमा ह्रस्व, दीर्घ, विश्राम आदि सूत्रबद्ध ढङ्गले भावको साथै शैली पक्षलाई महत्व दिदंै लेखिएको रचना विधानलाई ‘पद्य कविता’ भनिन्छ । यस्तो जटिल साधनामा फस्न नसकी कतिपय काव्य मनीषीहरु गद्य कवितातिर लहसिन्छन् । हुन त गद्य कविता कमजोर मानिदैन । पद्य कवितालाई झै यसलाई पनि व्याकरणले बाँध्दैन । कवितालाई छन्दले बाँध्छ । गद्य कवितालाई पनि सामान्यतया व्याकरणले बाँधेको हुँदैन । यो स्वच्छन्द र मुक्त हुन्छ । गद्य कवितामा व्याकरणको नियमलाई भाँचभुँच पारेर लेखिन्छ । त्यसमा अक्षर, मात्रा, तथा पंक्ति संख्याको गणना नगरी एउटा निश्चित भावलाई अभिव्यक्ति गर्ने अभिप्रायः राखिन्छ । तर यसमा पनि अन्तरलयको मधूर गुन्जन निकाल्नु पर्छ । गति यति, लय पनि मिल्नु पर्छ । अनुप्रास योजना, रस, अलङकार, प्रतीक, बिम्बले माझेर सुन्दर बनाउनु पर्छ । कतिपय अवस्थामा गद्य कविताले पद्य कविताको भन्दा भावाभिव्यक्तिमा अरु सहज बनाउँछ । यसैले दुबै काव्य विधामा समानान्तर धारा हुन् ।
मुक्त छन्दमा कविता लेख्दा अरुले भाषा सम्पादन गर्न मिल्छ । तर छन्द कविताका लागि लघु गुरुका आधारमा छन्दका आठओटा गणहरु बुझ्नु पर्छ । तिनै गणहरुका आधारमा सम्पूर्ण छन्दहरु बन्दछन् । यसलाई पिंगलशास्त्र भनिन्छ । पिङ्गलले एउटा सूत्र निर्माण गरेर काव्य जगतमा एउटा क्रान्तिकारी काम सम्पन्न गरेर गएका छन् । हाम्रो पूर्वीय साहित्य यसै सूत्रद्वारा सिंचित छ । उनी हाम्रा आराध्य गुरु बनेका छन् ।
यो पुस्तकक लाक्षणिक ग्रन्थ हो । यसले छन्द विज्ञानको छोटकरीमा लक्षण बताएको छ । यसमा कविता परिचय छ । छन्दोबद्ध कविताका विशेषताहरु छन् । छन्दमा कविता लेख्दा ध्यान दिनु पर्ने कुराहरु छन् । पर्यायवाची शब्दको विषयमा जानकारी छ । श्रुतिसम भिन्नार्थक शब्द के हो भन्ने विषयमा लेखिएको छ । काव्यका पञ्च लक्षणहरु पदच्छेद, पदार्थोक्ति, विग्रह, वाक्य योजना, आक्षेपश्य समाधानमं दिइएको छ ।
त्यसैगरी रस परिचय, प्रकार, अलंकारको प्रयोग, तथा उदाहरण, छन्दको परिचय, छन्दको संक्षिप्त वर्गीकरण, मात्रिक छन्द, वार्णिक छन्दका सूत्र र सैद्धान्तिक ज्ञान, अनुष्टुप छन्द लक्षण र उदाहरण, स्वागत छन्द लक्षण र उदाहरण, उपेन्द्रब्रजा छन्द लक्षण र उदाहरण, उपजाति छन्द लक्षण र उदाहरण, भुजङ्गप्रयात छन्द लक्षण र उदाहरण, तोटक छन्द लक्षण र उदाहरण, इन्द्रवंशा छन्द लक्षण र उदाहरण, स्रग्विणी छन्द लक्षण र उदाहरण, मालती छन्द लक्षण र उदाहरण, मत्तमयूर छन्द लक्षण र उदाहरण, वसन्ततिलका छन्द लक्षण र उदाहरण, मालिनी छन्द लक्षण र उदाहरण, चन्द्र लेखा छन्द लक्षण उदाहरण र मन्दाक्रान्ता छन्द लक्षण र उदाहरण, शिखरिणी छन्द र लक्षण, उदाहरण, हरिणी छन्द लक्षण र उदाहरण, पृथ्वी छन्द लक्षण र उदाहरण, नर्कुटक छन्द लक्षण र उदाहरण, शार्दूल विक्रीडित छन्द लक्षण र उदाहरण, स्रग्धरा छन्द लक्षण र उदाहरण, अन्य विवध र सन्दर्भ सामग्री छन् । सन्दर्भ सामग्रीले यस पुस्तकको प्रमाणिकता बढाएको छ ।
यो पुस्तक करिब नब्बे पृष्ठमा फैलिएको छ । पुस्तक आकारले सानो भए पनि निकै संग्रहणीय छ । यो पुस्तकलाई संस्कृत विश्व विद्यालयले आधारभूूत तहमा पाठ्यपुस्तकको रुपमा उपयोग गर्दा विद्यार्थीमा जगैदेखि छन्द विज्ञानको राम्रो ज्ञान हुने देखिन्छ । यो पुस्तक निकै उपयोग बनेको छ ।
संस्कृतलाई अनिवार्य विषय बनाउनु पर्छ भन्ने आवाज जबर्जस्त आएको छ । यो समस्या हो । समाधान हैन । भाषा, धर्म, संस्कृति, राजनीति लाद्ने विषय हैन, यो ऐच्छिक विषय हो । कुनै धर्मले मुलुक मेरो मात्र हो भन्दै शीलबन्दी गरेर एकाधिकार लादेर अरुलाई मूलधारबाट बाहिर फालेर धार्मिक उपनिवेश लागू गर्छभने अन्य र्धािर्मक समुदायहरु बिच द्वन्द्व फैलन्छ । त्यसरी नै भाषा, सामाजिक रीतिस्थिति, सांस्कृतिक मूल्य, मान्यता, रिवाज परम्पम्परा, लिपि अदिको वाहक हो । भाषाहरु मरे विविधताको फूलबारी मर्छ । त्यसैले सहअस्तित्व, समानता, स्वतन्त्रता र बन्धुत्वलाई राम्रोसँग ख्याल गरिनु पर्छ । भाषिक एकाधिकारलाई भाषिक फासीवाद भनिन्छ ।
अहिले नेपाली समुदायमा भाषिक स्वाधीनता, भाषिक पहिचान, भाषिक आत्मसम्मान, भाषिक आरक्षणका कुराहरुलाई ध्यान दिएर भाषिक समुदायहरुको बिचको द्वन्द्व व्यवस्थापनको कुरा मुख्य बनेको छ । त्यसैले हामीले सबैलाई नेपालीय भाषा भन्छौं । यो समदर्शी ब्राह्मणको दृष्टिकोण हो ।
नेपाल बहुुभाषिक तथा बहुसाँस्कृतिक मुलुक भएको हुनाले सबै भाषिक, साँस्कृतिक समुदायको भावनामा चोट पु¥याउनु हँुदैन । आर्य, ंमंगोल, द्रविड, निग्रो सबै भाषिक समुदायका अलग अलग भाषिक प्रवर्गहरुको भावनामा चोट नपुग्ने गरी नै व्यवस्थापन गर्नु पर्छ । सबै अटाउने, सबै देखिने, र सबै जोडिने गरी सबै भाषिक समुदाय व्यवस्थित गरिनु पर्छ । त्यसैले सरकारी विद्यालयहरुमा पनि यसलाई ऐच्छिक विषयको रुपमा राख्नु पर्छ । त्यो गरेमा समाजमा अधीनताको अन्त्य भएको र स्वाधीनताबाट सबैलाई खुसी र सुखी राखेको महशुस हुन्छ ।
अन्त्यमा ऋषिकेशव भरद्वाजको यो श्लाघनीय प्रयाश मुलुककै लागि निकै प्रसंशायोग्य छ । उनले छन्द परम्परामा एउटा इँटा थपेका छन् । यो हामी सबैको लागि खुसीको विषय हो । हामी साहित्यकारहरु उहाँप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । कविका कृतिहरु यसरी नै प्रकाशित हुँदै महाकाविको रुपमा छिट्टै पढ्न पाऊँ । धन्यवाद !