बुटवल । पत्रकार विमल नेपालको पहिलो पुस्तक ‘पीपला’ उपन्यास आज एक कार्यक्रम वीच लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौमा उक्त उपन्यास लोकार्पण गरिएको हो ।
साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारीले र लेखककी आमा फणिन्द्रकुमारी नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
उपन्यास माथी पाण्डे, बानियाँ र अधिकारीले चर्चा परिपर्चा गर्नुभएको थियो । लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेट्नुभएको छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ । पत्रकारिताको दौरानमा केही समय निकालेर उपन्यास तयार गरेको नेपालले बताउनुभयो ।