सुरेशको बाबा साँझ घरमा आउनु भयो । सुरेश बाबाको काखमा बसेर दारी मुसार्दै सोधे, “बाबा हजुर कहाँ गएर आउनुभयो ।” बाबाले भन्नुभयो, “छोरा म धर्म गर्न गएर आएँ ।”
सुरेशले बाबाको कान तान्दै सोधे, “बाबा हजुरले कसरी धर्म गर्नुहुन्छ ?” बाबाले भन्नुभयो, “बिरामीको सेवा गरेर । सेवा नै धर्म हो ।”
सुरेशले भने, “बाबा मैले हजुरको सेवा गरेर धर्म गर्छु है ।” बाबाले, “हुन्छ” भन्नुभयो । केही बेरपछि सुरेश बोले, “बाबा हजुर अफिस गएर कसरी सेवा गर्नुभयो ?”
बाबाले छोराका गाला मुसार्दै भन्नुभयो, “हो मेरो अफिस अस्पताल हो । म अस्पतालमा गएर बिरामीको सेवा गर्छु ।”
सुरेशले भने, “बाबा अस्पतालमा त सुई लगाइदिन्छन् हजुर नजानुस् ।” बाबाले भन्नुभयो, “छोरा मेरो अफिस अस्पताल भएकोले मलाई केही हुँदैन । मलाई कसैले सुई लगाइदिदैनन् । बिरामीलाई मात्र सुई लगाइदिन्छन् ।” केहिबेर घोरिएर सुरेश फेरि बोले, “बाबा तपाई अरु अरु अफिस जानु न ।” बाबाले, “भन्नुभयो मेरो अफिस अस्पताल हो । किनकी म डाक्टर हो ।”
बाबाले भन्नुभयो, “मलाई सबैले डाक्टर अंकल भन्छन् । डाक्टर भएपछि बिरामीको सेवा गर्न पाइन्छ । सेवा गरेपछि मेवा पाइन्छ ।”
सुरेशले हिजो पनि मेवा खाएका थिए । भोलि आउँदा बाबाले पाएको मेवा ल्याइदिन भने । बाबाले भन्नुभयो, “हैन छोरा, त्यो खाने मेवा हैन ।”
बाबाले फेरि भन्नुभयो, “हामी सबैले डाक्टरले भनेको मान्नुपर्छ । डाक्टरले भनेको मान्ने मानिस बिरामी हुँदैनन् ।
सुरेशले भने, “बाबा हामीले चुरोट खानु हुँदैन । यो कुरा मलाई आमाले भन्नु भएको हो ।”
हो, हाम्रो परिवार पहिलो पाठशाला मात्र नभएर स्वास्थ्य केन्द्र पनि हो । यहाँ स्वास्थ्यका सुझाव र ज्ञान पनि पाइन्छ भनेर बाबाले सम्झाउनुभयो ।
बाबा छोराले गरेका कुरा सुनेर आमा आउनुभयो । आमाले भन्नुभयो, “डाक्टर अंकलले रोग लागेपछि उपचार गर्नुहुन्छ । मेरो छोरालाई मैले रोग लाग्न दिँदैन । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो ।”