'नारी'
म सेतो पर्दा हुँ ,
मसँग होली खेल्ने प्रयास नगर्नु ।
देखिन सक्छन् , कतै बातका दागहरु
बन्धनमा फस्नेछौ फेरि नजिकिदै अघि नसर्नु ।।
म फूलको एक थुङगा हुँ,
माला उन्न सक्छौ तर चुडाउन मात्र प्रयास नगर्नु ।
पारिजात झै रातमा फक्रिएर बिहानिमा झर्नु नपरोस मलाई,
बगैचाको मालि बन्नेछौ एकदिन,अहिले नजिकिदै अघि नसर्नु ।।
म केवल सिसाको सजावट हुँ,
तस्विर हेर्न सक्छौ तर टुक्राउने प्रयास नगर्नु ।
धारिलो हतियारले सिकार गरेरै पनि चल्न सक्छु,
मात नभर्नु मनमा फस्नेछौ फेरि,नजिकिदै अघि नसर्नु ।।
म हावा भरिएको बेलुन हुँ,
मलाई गगनमा उडाएर,आफू मज्जा लिने प्रयास नगर्नु ।
पराइको खुसीका लागि म आफनोपन भुल्न सक्छु,
केहिपलको हर्षले ‘दुःखको वर्षात गराउला जिवन–भर,
त्यसैले नजिकिदै अघि नसर्नु ।।
म एक तलाउ हुँ,
मलाई नदि–झै बगाइरहने प्रयास नगर्नु ।
मिसाउन सक्छन मै–माथि दोष र गालिका नहरहरु,
सहिरहनु पर्नेहुन्छ मैले,कृपया नजिकिदै अघि नसर्नु ।।
रीता काफ्ले ।