काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)अन्तर्गत भाषा तथा साहित्य समितिको अध्यक्षमा डा जानुका नेपाल पौडेल चयन भएकी छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्ससचिव डा तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले पौडेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहेकी छन् ।
सो अवसरमा साहित्यकार डा भट्टराईले जहाँ भए पनि जहाँ रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने बताए । समितिका अध्यक्ष पौडेलले नेपाली भाषा साहित्यको विकासमा काम गर्ने योजना रहेको जानकारी दिइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेललगायतले नेपाली भाषा साहित्यको विविध आयामका प्रकाश पारेका थिए । रासस