संस्कारी छोरी म
पराईसँग नजर जुधाइ कुरा गर्नु हुदैन ,
यो संस्कार सिकेर हुर्केकि छोरी हुँ म ।
आज मानव अधिकार मागेर नपाएपछि,
खोसेर लिन,अदालतमा नजर टङ्गाएर बोल्न बाध्य छुँ म ।।
बावुको मर्यादा अनि आमाको माया, कदर गर्नुपर्छ ,
यो संस्कार सिकेर हुर्केकि छोरी हुँ म ।
आज कुसस्कारको घोचोले मलाई लत्याएपछि ,
सस्कार सिकाउन मर्यादाको तगारो टेकेर उभिन बाध्य छुँ म ।।
समानता फैलाउनुपर्छ अनि मतभेदको पूर्णबिराम लगाउनुपर्छ,
यो संस्कार सिकेर हुर्केकि छोरी हुँ म ।
आज अनजानले विभेदको झुलामा झुलाएपछि ,
छोक्रिएको सपना बोकि समानताको गुनगान गाउन बाध्य छुँ म ।।
पौरखी पुर्खा अनि राष्ट्रभक्ति प्रतिको सम्मान गर्नुपर्छ ,
यो संस्कार सिकेर हुर्केकि छोरी हुँ म ।
आज राष्ट्रभक्त नै भ्रष्ट आचारी भएपछि ,
उनिहरुको निम्ति मञ्च अनि मैदानमा बसी ताली बजाउन बाध्य छुँ म ।
दुःख र सुखको संयोग नै जिवन हो ,
यो संस्कार सिकेर हुर्केकि छोरी हुँ म ।
आज धनीहरु दिन दुई गुना ,रात चार गुना बढिरहेपछि,
गरिबको नसिव अनि सस्कार सम्झेर धैर्य रहन बाध्य छुँ म ।
रीता काफ्ले ।