रुपन्देही - सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएपछि बुटवल उपमहानगरपालिका –१३ तारा टोलकी धनिकली बिकको मुहार उज्यालो भएको छ ।
आथिक अवस्था कमजोर हुँदा घर खर्च चलाउन गाह्रो भएका बेला सरकारले बढाएको रु एक हजारले पनि बिकलाई ठूलो राहात महशुस भएको छ । “भत्ता बढ्यो भनेर छिमेकी दाईले सुनाउँदा खुशीले मेरा त आँखाबाट आशु नै आएँ, आम्दानी नहुँदा घर खर्च चलाउन धौधौ भएका बेला सरकारले पैसा बढाइदिएर ठूलो गुन लगाएको छ ।” खुशी साट्दै बिकले भनिन् ।
बिहान बेलुका छाक टार्न समस्या हुने भएकाले कहिले महिना बित्छ र भत्ता पाइन्छ भनेर दिन गनेर बस्ने गरेको उनले सुनाइन्। “यहीँ वृद्ध भत्ताले मेरो घरको चुल्हो जल्छ । भत्ता बुझेर दिन्छु भनेपछि छिमेकीले पनि क्रण पत्याउँछन् । भत्ताले ठूलो काम गरेको छ”, बिक भन्छिन् । “धन्यवाद हाम्रा नेता विष्णु पौडेललाई, हाम्रो आशिष लाग्ने छ ।”
श्रीमानको निधन भएपछि एउटा मात्रै सहारा बनेको छोरो समेत दुई वर्षअघि गुमाउनु परेपछि बिकलाई घर चलाउने साहारा सामाजिक सुरक्षा भत्ता बनेको छ । सरकारले वृद्धभत्ता बढाएपछि बुटवल –११ नहरपुरकी पबि कुँवर पनि खुशी छन्। “अब त महिनामा चार हजार बुझ्न पाइने भयो । यती भए आफ्नो खर्च मजाले चल्छ ”, उनी भन्छिन् “धन्यवाद छ सरकारलाई ।” बजेट सुन्दै गर्दा छोराले वृद्ध भत्ता बढ्यो भनेर सुनाउँदा आफु छक्क परेको उनले सुनाइन्।
मासिक भत्ता बढेपछि बुटवल १३ हरीयाली पथ निवासी ७८ वर्षका प्रेम नारायण पौडेललाई पनि खुशी लागेको छ । “हुने खाने परिवारका लागि यो ठूलो नलाग्ला तर यसले वुद्धवुद्धालाई ठूलो राहत मिलेको छ ”, पोखरेल भन्छन्। शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको घोषणा गर्नुभएको थियो । अब ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापत मासिक रु चार हजार पाउनेछन् ।
सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि रु १ खर्ब विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । बढेको भत्ता साउन महिनादेखि कार्यान्वयनमा आउने छ ।
तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१÷५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति शुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा रु सय थियो ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा गरेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर रु ३ हजार पु¥याएका थिए।
यसअघि २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक रु एक सय ७५ पु¥याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले भत्ता वृद्धि गरि मासिक रु ५ सय पु¥याएका थिए । २०७१ सालमा नेपाली काङ्ंग्रेसका अर्थमन्त्री डा. रामशरण महतले रु एक हजार पु¥याएका थिए।
अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रु एक हजार वृद्धिगरि मासिक दुई हजार पु¥याए। उक्त रकमलाई २०७६ सालमा तत्कालीन डा. युवराज खतिवडाले वृद्धि गरि मासिक रु तीन हजार पु¥याएका थिए।