बुटवल-प्राध्यापक तथा गायक योगराज पोखरेलले हिन्दू नारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर "तीज प्रवचन" सार्वजनिक गरेका छन्। बुटवल बहुमुखी क्याम्पस रसायन शास्त्रको प्राध्यापक समेत रहेका पोखरेलले बिशेष गरेर तीज पर्वको महत्व, अतित र वर्तमानलाई प्रवचन शैलीमा ल्याएका हुन्।
स्वर्गीय वाचन शिरोमणि नारायण पोखरेलबाट प्रभावित योगराजले नारायण पोखरेलकै अनुशरण गर्दै तीजको वर्णन गरेका छन्। अघिल्ला वर्षहरुमा तीज गीतहरु टेन्सन हटाईदेउ,पिर पर्याछ मलाई लगायत दुई दर्जन भन्दा बढी गीतमा स्वर दिएका पोखरेललाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन्।
युनिक मुभिजले बजारमा ल्याएको प्रवचनमा विजय पोख्रेलको श्रव्यदृश्य सम्पादन र माधव पौडेलको छायांकन रहेको छ।