बुटवल । बालगायिका कमला घिमिरेकोआफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित भएको छ ।
गीत विवादित भएपछि घिमिरेले माफी माग्नुभएको छ । सुमन परियारसँग मिलेर गाएको उक्त गीतको अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।
जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ ।
फेसबुकमार्फत गायिका घिमिरेले प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गीत नगाएको उल्लेख गर्नुभएको छ । उहाँले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गर्नुभएको छ ।