बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन्। संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन्। यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनले सो कुरा आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी हुन्।
जेनेलियाले आफ्नो पोस्टमा लेखिन्, ‘नमस्ते, तीन हप्ता अघि ममा कोभिड पोजेटिभ देखिएको थियो। पछिल्लो २१ दिनदेखि म असिम्पोमेटिक (लक्षण नदेखिएको) थिएँ। भगवानको कृपाले आज मेरो कोभिड परीक्षण नेगेटिभ आएको छ। ममाथि चलिरहेको आशिर्वादका कारण यो रोगसँग मेरो लडाईं निकै सजिलो भयो तर मैले यो पनि स्विकार गर्नुपर्ने छ कि आइसोलेशनको यो २१ दिन मेरा लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो।’