बुटवल-कोरोना भाईरसका कारण यतिबेला विश्व नै यतिबेला समस्यामा परिरहेको छ। यसबाट नेपाली कलाकारिता क्षेत्रपनि अछुतो रहन सकेन। अहिले धेरै कलाकारहरु यसकै कारण पलायन हुने अवस्थामा पुगिसकेका छन्। तर यही महामारीका बीचमा पनि कलाकारहरुले यस वर्ष पनि दशैँका गीत बजारमा ल्याएका छन्।
घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर रिनै रिनैको
के दशैँ मानौ र रिनै रिनैको शुन्य छ गाम बेसी तिमी बिनाको ।
यो गीत हो चर्चित लोक दोहोरी गायक विष्णु खत्रीको। नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकार विष्णु खत्रीले यो वर्षको दशैँको लागि तयार पारेको गीत हो।
यसमा विष्णु खत्री र गायिका पूर्णकला बिसीले स्वर दिएका छन् भने लय शब्द पनि विष्णु खत्रीले नै गरेका छन्। गितलाई विष्णु खत्रीले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्। गीतमा सारिका के सी र ओबी रायमाझीले अभिनय गरेका छन्।
उमेर बित्दै गएसी थाह पाउला, धन त पाउला
जवानी कहाँ पाउला चाडबाडमा तिमी नै बोलेझै लाउछ आडमा
चलचित्र नाई नभन्नु ल ५ बाट बालापनको उमेर गीतबाट एकाएक चर्चामा आएकी गायिका समिक्षा अधिकारी, लोकगायक राजन कार्की र बाल गायिका निस्मा पोख्रेलको स्वरमा अर्को यो गीत बजारमा आएको छ। सागर लामाले शब्द सङ्गीत गरेको गीत पनि यतिबेला चर्चामा रहेको छ र टिकटकमा पनि एकदम भिडियो बनिरहेको छ।
गीतलाई राजन कार्कीको युटुब च्यानलदेखि अपलोड गरिएको छ।
दशैँ तिहार सँगै मनाउला
वर्षौपछि तिम्रो लाहुरे घरफर्की आउँदैछ
दशैँ आयो तिहार आयो खुसी मनमा छाउदैछ……
राजु महोत्राको शब्द अनि ऋषि खड्काको लयमा यो गीत बजारमा आएको छ। चर्चित लोक दोहोरी गीत पासपोर्ट हरियो गाएर एकाएक चर्चामा आएकी गायिका अस्मिता बुढाथोकी र गायक ऋषि खड्काको आवाजमा रहेको छ यो गीत। बुटवलमा रहेर कलाकारिता गर्दै आईरहेका मोडल राजु महोत्राले यो गीतलाई निर्देशन गरेका छन् भने अनिश खड्काको छायांकन अनि सम्पादन रहेको छ। गीतमा मिरा महोत्रा, मिन खत्री, गौतम जी सी लगायतका कलाकारको अभिनय रहेको छ ।