बुटवल-चर्चित लोकगायक एवम मोडल पुस्कल शर्माको नयाँ लोक दोहोरी गीत 'सम्झना आउला एकदिन'' सार्बजनिक भएको छ। मन्दिर म्युजिक प्रालि मार्फत बजारमा आएको उक्त गीतमा चर्चित लोक दोहोरी गायिका बिष्णु माझी र पुस्कल शर्माको आवाज रहेको छ। गीतमा पिताम्बर बिष्टको शब्द र पुस्कल शर्माको लय संकलन रहेको छ।
भिडियोमा पुस्कल शर्मा र सारिका केसीको जोडीको अभिनय छ। सार्वजनिक भएको छोटो समयमै गीत ट्रेण्डिंगमा आएको छ। पुस्कल बियोगान्त गीतका लागि चर्चित मानिन्छन्। उनको चर्चित गितहरु मुटु जलाई जलाई, मुटु जल्छ मेरो, राधा लगायतका गीतहरु लोकप्रिय छन्।