बुटवल-गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत 'लाजको घुम्टो' सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा शिर्षक घिमिरेको शब्द तथा हरि लम्सालको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा कविर खड्का र रोश्नी कार्की फिचर भएका छन् । एक निम्न वर्गीय परिवारका श्रीमान्-श्रीमतीबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । भिडियोमा कविर र रोश्नीको केमेस्ट्री सुहाएको देखिन्छ ।
शान थापाको निर्देशनमा बनेको भिडियोका सहायक निर्देशक राजिव समर हुन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा अस्मिता सापकोटाको लगानी छ ।