काठमाडौँ,-अभिनेत्री श्वेता खड्का यही मंसिर महिनामै विवाह गर्ने भएकी छन्। धनगढीका विजयन्द्र सिहं रावतसँग मंसिर २२ गते उनले विवाह गर्न लागेकी हुन्। श्वेता र विजयन्द्र केही समयदेखी प्रेम सम्बन्धमा थिए। काठमाण्डौको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह हुने सार्वजनिक भएको विवाह कार्डमा उल्लेख छ। यस अघि श्वेताको मंसिर ५ गते विवाह हुन लागेको चर्चा चलेको थियो । उनले भने त्यसमा सत्यता नभएको बताएकी थिइन्। २०७१ साल असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनले पहिलो विवाह गरेकी थिइन्। विवाह भएको एक महिनामै श्रेष्ठको उपचारका क्रममा मृत्यू भएको थियो । श्रीकृष्णसँग विवाह हुनभन्दा अघि उनी ‘कहाँ भेटीएला’ सिनेमाबाट चलचित्र क्षेत्रमा आएकी थिइन्।