बलिउडकी प्रसिद्ध गायिका नेहा कक्कड़ चाँडै आमा बन्न लागेकी छिन्। नेहा कक्कड़ र उनका पति रोहनप्रीत सिंहले यस विषयमा सामाजिक संजालमा जानकारी गराएको एन्टीभि इन्डियाले उल्लेख गरेको छ।
नेहा कक्कड़ले हालै इन्स्टाग्रामबाट फोटो शेयर गरेकि छिन् जसमा उनी र रोहनप्रीत सिंह एकसाथ छन्। उनले फोटोमा लेखेकि छिन् 'ख्याल रखा कर'।
रोहनप्रीतले नेहाको फोटोमा अब अरु धेरै ख्याल राख्नु पर्छ भन्दै टिप्पणी समेत गरेका छन्। नेहा कक्कड़को यस तस्वीरमा प्रशंसकहरूले नेहा र रोहनप्रीत सिंहलाई बधाई दिएका छन्।
रोहनप्रीत सिंह आफैंले पनि नेहा कक्कड़को साथमा उही फोटो शेयर गरेका छन्। नेहा कक्कड़ र रोहनप्रीत सिंहको अक्टुबर २६ मा दिल्लीको गुरुद्वारामा विवाह भएको थियो। उनको विवाहसँग सम्बन्धित फोटो र भिडियोहरू पनि सामाजिक संजालमा निकै भाईरल बनेको थियो। तर यो गीतका लागि सूटिङ गरेको अरू केही सञ्चारमाध्यमले जनाएका छन्।