भैरहवा - नेपाली चलचित्र जगतका भर्सटाइल संगीतकार शम्भुजित बास्कोटा शुक्रबार भैरहवा आउने भएका छन। जेसीआई सिद्धार्थ लेडी नेपालले आयोजना गर्न लागेको ‘शम्भुजित बास्कोटा नाइट कार्यक्रम’ मार्फत भैरहवावासीलाई मनोरञ्जन दिन बास्कोटा सहितको दर्जन बढि कलाकार भैरहवा आउने भएका हुन।
सस्थाको सामाजिक क्रियाकलापको आयस्रोत अभिबृद्धि गर्न आउदो पुस २४ गते लाइभ म्युजिकको साथमा बास्कोटाका साथै यम बराल, बासना श्रेष्ठ सहितको दर्जन बढि कलाकारले प्रस्तुति रहने जेसीआई सिद्धार्थ लेडी नेपालकी तुलसा भुसाल पाण्डेले बताइन ।
सास्कृतिक कार्यक्रम गरी सस्थाको आर्थिक स्रोत जुटाउन गत फागुन ३० गते नै कार्यक्रममको आयोजना गरिएपनि कोभिडको जोखिमका कारण स्थगन गरिएको थियो। बास्कोटाका प्रशंसकहरुले टिकट खरिद गरीसकेको र विस्तारै कोभिडको संक्रमण कम हुदै गएपछि स्थगन गरिएको कार्यक्रमलाई यही शुक्रबार आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताइन।
कला र सँस्कृतिको जगेर्नाका साथै अधिकांश नेपाली चलचित्रको पाश्र्वगीतमा संगीत दिने गरेका बास्कोटाले बच्चा देखि बृद्ध सम्मलाई एकलै मनोरञ्जन दिन सक्ने भएकोले उनकै नेतृत्वमा कार्यक्रम गर्न लागिएको शम्भुजित बास्कोटा नाइट कार्यक्रमकी संयोजक इन्दिरा पन्तले बताइन।
‘व्यवस्थापनको सबै टुङगो लागिसकेको छ, हाम्रो तर्फबाट कार्यक्रमको सबै तयारी पूरा भएको छ,’ उनले भनिन । स्वास्थ्य सुरक्षाका साथ म्युजिकल नाईटको आयोजना गरिएको कार्यक्रम संयोजक पन्तले बताइन ।