बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुटवल उपमहानगरपालिकाका १५ जनासहित जिल्लाभर उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा तीन सय दुई जनामा आरटी पीसीआर गरिएको थियो ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या तीन सय ७२ पुगेको छ ।
थपिएका संक्रमितमध्ये बुटवलका १५, सिद्धार्थनगरका २, तिलोत्तमाका ८, देवदहका २, सैनामैनाका २ र लुम्बिनी साँस्कृतिकका एक जना रहेका छन् ।
उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा कुल २९ हजार ८१ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये ९७ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत निको भइसकेका छन् ।