बुटवल -लुम्बिनी प्रादेशीक अस्पतालमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा आएको छ । बुधबार आयोजित संक्षिप्त कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले संयुक्त रुपमा क्याविन सेवाको सुभारम्भ गरे।
नयाँ बनेको ५ तले भवनको माथिल्लो तलामा क्याविन राखिएको हो । ४५ बेड मध्ये ६ बेड स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि प्रयोगमा आउने बाँकी ३९ वटा विरामीकै लागि प्रयोग हुने अस्पतालले जनाएको छ ।
बुधबार क्याविन सेवा सुभारम्भ भएसँगै प्रादेशीक अस्पतालमा बेड संख्या ३ सय ७५ पुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले बताए। विरामीको पक्षबाट क्याविन सेवाको अध्याधिक माग भएकाले अस्पतालको अब अस्पतालका सेवामा केही सहजता आएको उनको भनाइ छ । अस्पतालका सामान्यदेखी एसी डिलक्ससम्म ६ प्रकारका क्याविन कोठाहरु रहेका छन् । क्याविनको स्तर अनुसार देनिक शुल्क १५ सय देखी ४ हजार रुपैया सम्म पर्ने डा. खनालले बताए।