बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुटवलसहित जिल्लामा ३५ जना संक्रमित थपिएका हुन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ ।
पछिल्लो समय थपिएका संक्रमितहरुमध्य बुटवलका १४ जना, सिद्धार्थ नगरका २ जना, देवदहका ५ जना, सैनामैनाका ४ जना, कञ्चनका १ जना, रोहिणीका १ जना र शुद्धोधनका ४ जना रहेका छन् ।
हालसम्म जिल्लामा कुल २९ हजार १ सय ११ जना संक्रमित पुगेका छन् । तीमध्ये ५१४ जनाको मृत्यु भएको छ भने २८ हजार २ सय ६२ जना निको भएका छन् ।