बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुटवलसहित जिल्लामा ३६ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै कार्यालयले यसअघि नै मृत्यु भएका एक जनाको संख्या थप गरी तथ्याङ्क अद्यावधि गरेको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३६३ पुगेको छ ।
पछिल्लो समय थपिएका संक्रमितहरुमध्य बुटवलका १६ जना, सिद्धार्थ नगरका २, तिलोत्तमाका ८ जना, देवदहका २ जना, सैनामैनाका ३ जना, ओमसतियाका १, कञ्चनका २ जना र शुद्धोधनका २ जना रहेका छन् ।
हालसम्म जिल्लामा कुल २९ हजार १ सय ४६ जना संक्रमित पुगेका छन् । तीमध्ये ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ३ जना निको भएका छन् ।