काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चलनमा रहेका स्नातक तहको पहिलो बर्षको परीक्षाहरु नरोक्ने भएको छ ।
स्नातक तहका परीक्षाहरु साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यसअघि नेपाल परीक्षा बोर्डले कोरोना तेस्रो लहरको जोखिम बढेको भन्दै कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो ।
त्गयसपछि त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा रोक्ने-नरोक्ने बारे चासो बढेको थियो ।
नियन्त्रक जोशीले स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिने हुँदा सीसीएमसीलाई जानकारी दिएरै परीक्षालाई निरन्तरता दिएको बताए । बाँकी विषयको परीक्षा कहिले हुने र कुन विधिबाट गर्ने भनेर टुंगो लगाउन परीक्षा सुधार र त्रिवि परीक्षा बोर्डका पदाधिकारीको छुट्टाछुट्टै बैठक बसेर निर्णय गरिने उनले स्पष्ट पारे । यसका लागि आज दिउँसो साढे १ बजे बोर्डको बैठक बस्दै छ ।