बुटवल । हालै स्पेनिस फूटबल क्लब बार्सिलोनाबाट बाहिरिएका स्टार फूटबल खेलाडी लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मां(पीएसजी)मा दुई बर्षका लागि अनुबन्ध भएका छन् । स्पेक्टेटर इन्डेक्सका अनुसार मेस्सी अबको केही घण्टामा नै पेरिस गएर आधिकारिक करारमा हस्ताक्षर गर्नेछन् ।
सन् २००४ बाट बार्सिलोनाका विभिन्न उमेरसमूहका टोलीबाट खेलिसकेका मेस्नी अबका दुई सिजन पेरिसबाट खेल्ने पक्का भएको छ । पीएसजीमा नेइमार र एमबाप्पेसँगै अब मेस्सी पिन फर्वार्ड पोजिशनमा हुनेछन् ।
ब्राजिलका स्टार खेलाडि नेइमार पनि यसअघि बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध भएका थिए ।