बुटवल-तिहारलाई केन्द्रित गरेर बुटवलमा बजार अनुगमन शुरु भएको छ । बुटवल उपमहानगरपालिका उपभोत्ता हित संरक्षण समितिले गरेको अनुगमनमा किराना पसलहरुमा लेवल विनाका अखाद्य बस्तुहरु बिक्री भएको पाइएको समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् ।
उनले अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित विपरीत भएका काम रोक्ने बताइन् ।
बुटवलको ट्राफिक चोकमा रहेको चण्डी किराना पसलबाट लेवल नलगाएका ३० हजार भन्दा बढि मुल्य पर्ने विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गरेको छ ।
अनुगमन समितिले काजु, किसमिस, बदाम, ओखरको घाझि, चना लगाएका सामानहरु लेवल नलगाइ विक्रि गरेको भेटाएपछि नगरपालिकाले नष्ट गरेको हो ।
अनुगमन समितिले बुटवलको सुख्खानगरमा रहेको अर्घाखाँची मन्सिला किराना पसल पनि अनुगमन गरेको छ । त्यसैगरी सुख्खानगरमै रहेको पाण्डे ग्याँस सप्लायर्समा पनि अनुगमन गरिएको छ ।
“अनुगमनका क्रममा लेवन विनाका सामानहरु, विल विजक ठिक नभएको समेत भेटिएको छ, उहाँहरुलाई सचेत बनाउने काम पनि हामीले गरेका छौ” बाणिज्य कार्यालय भैरहवाका प्रमुख रुद्र प्रसाद ज्ञवालीले भने ।
अनुगमनका क्रममा जफत गरिएका सामानहरु बुटवल उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख टोपलाल शर्मा, उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यलय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक कृष्ण बेलबासेको रोहवरमा नष्ट समेत गरिएको थियो ।