बुटवल-भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
सीमामा तनाव बढ्दै जाँदा भारतले यस्तो एपहरूमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
प्रतिबन्ध लगाइएकामा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्।
ती एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको हो। टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।
जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो।
त्यसयता भारत र चीनबीच तनाव बढेको छ। भारतमा चिनियाँ सामान बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ।
तर कतिपय बुद्धिजीवीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कट्टर राष्ट्रवादी देखिन र भारतमा देखिएका मूल समस्यालाई ओझेलमा पार्न यस्तो निर्णय लिएको भन्दै तर्क गरेका छन् ।