भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन ।
जवरजस्ती करणी मुद्दा लागेका आरोपित शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा मंगलबार छुटेका हुन् । रुपन्देही जिल्ला अदालतले उनलाई मंगलबार धराैटीमा छाड्ने आदेश गरेसँगै उनी छुटेका हुन् । स्थानीय एक महिलाले जवरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो ।
दुबै पक्षको बहसपछिअदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।
प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।