बुटवल । पपुवा न्युगिनीमाथि नेपालले दुई विकेटले जित निकालेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि कठिन जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले १३५ रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।
ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघिको पहिलो अभ्यास खेलमा उत्कृष्ट बलिङ गरेको नेपालको ब्याटिङ भने कमजोर प्रदर्शन गरेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल भुर्तेलले १५ र आशिष शेखले ३० रन जोडे। ज्ञानेन्द्र मल्ल ६ रन, आरिफ शेख ९ रन र शरद भेषावाकर ६ रनमै आउट हुँदा नेपाल शंकटमा परेको थियो।
छैटौं नम्बरमा ब्याटिङ गर्न आएका रोहित टोलीलाई एक रन आवश्यक हुँदा ४१ रन बनाएर आउट भए।
कुशल मल्ल १ रन र पवन सर्राफ शून्य रनमै आउट भएपछि आएका सोमपालले रोहितसँग साझेदारी जमाए। सोमबाल २२ रनमा अविजित रहे।