बुटवल-बुटवलमा कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई आर्थिक प्रोत्साहन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले किसानहरुलाई आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको हो । सहरी कृषिलाई प्रवर्द्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।
नगरपालिकाले घोषणा गरेको कार्यक्रम अनुसार ५८ जना किसान र दुई वटा समुह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
किसानलाई प्रोत्साहन रकमको चेक हस्तान्तरण पछि बोल्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरु कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार सहयोग गरिएको बताए । कोभिड–१९ विशेष कृषि कार्यक्रम (विदेश बाट फर्केका र व्यवसाय उन्मूख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उनले बताए ।
बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनौट भएका किसानहरुलाई कार्य प्रगतिअनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ र समुह सहकारीहरुलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको हो । बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको हो ।
सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमिटेडलाई नगद क्रमश: एक लाख ४० हजार र एक लाख रुपैयाँ प्रदान गरिएको छ । बुटवलका यिनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ ।
फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो । जुन सहकारीहरुले धान खेती बोरासहितको छपाई मेसिन र सीड ड्रिल मेसिन खरिदको लागि अनुदान प्रदान गरिएको हो ।
सहकारीहरुलाई कोभिड–१९ विशेष कृषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाई छ ।
नगरपालिका स्येयर, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, प्लाष्टिक नर्सरी घर स्थापन, मल्चिङ्ख, ग्रिननेट, स्पेयर, टनेल, बीउविजन, जैविक र रसायनिक मल, कालो रोल प्लाष्टिक, टली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मेसिन, फ्रेम, पोल, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, तार, मल्चिङ्ख, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयर, तार, मल्चिङ्ख, स्थायी थाक्रा, स्पेयरको लागि आवश्यक पर्ने सामानलगायतका कार्यको लागि बुटवलले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।