गुल्मी-गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।
पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा पर्दा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षका रामप्रसाद खरेलको मृत्यु भएको छ ।
अर्का मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनिया बिक, २६ वर्षीय बिष्णु बिक घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि बाग्लुङको हटिया लगिएको छ ।