बुटवल। चिकित्सा क्षेत्रमा यस बर्षको नोबेल पुरस्कार दुई जनालाई प्रदान गरिने भएको छ। अमेरिकी बैज्ञानीकहरु डेविड जुलियस र आर्डम पाटापोटियानलाई उनीहरुले 'तापक्रम र स्पर्श ग्रहण गर्न सक्ने स्नायु' पत्ता लगाएबापत पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कारले जनाएको छ।
उनीहरुले मानिसहरुले तापक्रम र स्पर्शको चापलाई अनुभूत गर्न विषेश स्नायुहरु हुन्छन् भन्ने कुरा पत्ता लगाएका थिए।
नोबेल एसेम्बलीले भनेको छ-"ताप र स्पर्श अनुभूत गर्न सक्ने क्षमता मानिसहरुलाई बाँच्नका लागि निकै आवश्यक क्षमता हो र हामीलाई विश्वसँग अन्तरक्रिया गर्न सघाउँछ।"