काठमाडौँ– १३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।
शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो।
कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। त्यसको केहीबेरमै खेलको ५० औँ मिनेटमा सुरेश सिंह वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे।
यस्तै खेलको इन्जुरी समयमा भारतका साहल अब्दुल सामदले तेस्रो गोल गरे।
साफको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेन।