काठमाडौँ- स्वास्थ्यमा समस्या भई ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन्। उनी बुधबार बिहान अस्पताल भर्ना भएका थिए। मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि उनको दुईपटक हेमोडायलासिस गरिएको छ।
यसअघि उनको डायलासिस भएको २८ घन्टापछि अस्पताल र उनका निजी चिकित्सकले उनको डायलासिस भएको जानकारी गराएका थिए।