दाङ-दाङमा स्करपियोकाे ठक्करबाट घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु भएको छ।
लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा बा २० च ५७४४ नम्बरको स्करपियोले शनिबार ठक्कर दिदा घाइते भएका ५० वर्षिय गाउँ अगुवा राजकुमार चाैधरी र सोही गाउँका रेमलाल चाैधरीका ८ वर्षिय छोरा निसान चाैधरीकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ।
गाउँका अगुवा राजकुमार चाैधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हाे।
साेही घटनामा परेर घाइते अन्य ३ जनाकाे बुटवलमा उपचार भइरहेको छ । राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ, २२ वर्षकी आमा गाैरी चाैधरी र २ वर्षकी छोरी लक्ष्मी चाैधरी रहेका छन्।
घटना पछि स्थानीयले गरेको सडक अवरोध राति १२:३० बजे खुलेको थियो। गुरही सेलाउने क्रममा स्कारपियाे जिपले ठक्कर दिदा दुर्घटना भएको थियाे।