रुपन्देही । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धी विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियु रुपन्देहीले आन्दोलन शुरु गरेको छ । सोमबार बिहान बुटवल बहुमुखी क्याम्पसमा भेला भएका अनेरास्वबियुका कार्यकर्ताले मूल्यविरुद्ध नारावाजी गरेका थिए ।
उनीहरुले यातायात बन्द गर्नुका साथै टायर बालेर विरोध गरे । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पटक पटक मूल्य बढाउँदा महङ्गी समेत बढेको भन्दै फिर्ता लिन माग गरे ।
सरकारले पेट्रोलको प्रतिलिटर रु १९ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु २७ ले भारी वृद्धि गरेका कारण यो नसच्चाएसम्म आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियुका अध्यक्ष शेषकान्त पोखरेलले बताउनुभयो ।