बुटवल । नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित हुभएको छ । बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित हुनुभएको हो । उहाँ नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ भने अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित हुनुभएको थियो । पोखरेलले ५१० मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाउनुभउो । अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार हुनुहुन्थ्यो ।
यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भिम बहादुर कुंवर र सन्दिप अग्रहरी बिजयी हुभएको छ । महासचिवमा सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेशचन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित हुनुभयो । उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले जानकारी दिनुभयो ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।