काठमाडौं । प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
प्रहरीले भट्टलाई टुटल सम्बन्धी नै मुद्दामा गए राति पक्राउ गरेको हो । उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्यावसायिक साझेदारले नै मुद्दा दर्ता गरेका काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताउनुभयो । त्यसपछि उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।
राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनः सञ्चालनमा आएको हो ।